२४ घण्टामा १२० कोरोना सङ्क्रमित

काठमाडौँ, १२ चैत । पछिल्लो २४ घण्टामा १२० कोरोना सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल दुई हजार ८९१ जनाको आरडिटी पिसिआर परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमित भएको पाइएको हो ।

मन्त्रालयका अनुसार काठमाडौँमा कूल ४१ नयाँ सङ्क्रमित फेला परेका छन् । त्यस्तै भक्तपुरमा १९, कास्कीमा १९ नै सङ्क्रमित फेला पर्दा, दाङमा छ, ललितपुरमा पाँच, मोरङ र रुपन्देहीमा चार÷चार जना संङ्क्रमित भएका छन् ।

सल्यान र डोटीमा तीन÷तीन जना, तनहुँ, पाल्पामा दुई÷दुई जना, खोटाङ, झापा, सुनसरी, पर्सा, चितवन, रामेछाप, सिन्धुपाल्चोक, गोरखा, म्याग्दी, बाँके, कञ्चनपुर र कैलालीमा एक÷एक जना कोरोना सङ्क्रमति फेला परेका छन् ।

प्रदेशगतरुपमा प्रदेश नं १ मा सात, प्रदेश नं २ मा एक, वाग्मतीमा ६८, गण्डकीमा २३, लुम्बिनीमा १३, कर्णालीमा तीन र सुदूरपश्चिममा पाँच सङ्क्रमित फेला परेका छन् । हाल देशभरका क्वारेन्टाइनमा ५५ जना रहेका छन् ।

यसैबीच मन्त्रालयले भारत तथा बेलायत, जर्मनी, फ्रान्सलगायतका देशमा कोभिड– १९ को सङ्क्रमण दर वृद्धि भएको र नेपालमा समेत यसको प्रभाव पर्नसक्ने भएकाले कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र निर्देशक समितिसमक्ष केही सुझाव दिएको छ ।

सिसिएमसीले तराईका जिल्लामा नेपाल र भारतबीच सीमानाकाबाट नेपाल प्रवेश गर्ने क्षेत्रमा निगरानी बढाउने र केन्द्रबाट अनुमगन गर्नुपर्ने सुझाव दिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तरराष्ट्रिय आगमन तथा प्रस्थान कक्षमा निगरानी बढाई स्वास्थ्य परीक्षणमा थप सक्रियता बढाउने भएको छ ।

हाल सञ्चालनमा रहेका नेपाल र भारतबीचका सीमानाकालाई कोभिड– १९ को सङ्क्रमणको अवस्था हेरी पुनरावलोकन गर्ने र सङ्क्रमण दर उच्च हुन पुगेमा नाका घटाउनेतर्फ गृह मन्त्रालयलाई आवश्यक गृहकार्य गर्न आग्रह गरिएको छ ।

यस्तै सङ्क्रमण देखिएमा छुट्टै सवारी साधनको प्रयोग गरी होम आइसोलेशनमा पु¥याउने व्यवस्था मिलाउन जिल्लास्थित डिसिसिएमसीलाई निर्देशन दिने तथा स्थानीय तहबाट होम आइसोलेशनको निगरानी बढाउने भएको छ ।

त्यस्तै पर्यटन क्षेत्रअन्तर्गत सञ्चालन हुने रात्रिकालीन कार्यक्रममा स्वास्थ्यमा मापदण्ड अनिवार्यरुपमा पालना गर्न लगाउने, राति ९ः०० बजेपछि रात्रिकालीन कार्यक्रम बन्द गर्न लगाउने र यसको अनुगमन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नुपर्नेछ ।

यसैगरी विद्यालयमा कोभिड– १९ को सङ्क्रमणबाट जोगिन स्वास्थ्यका मापदण्ड पालना भए नभएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत अनुमगन गर्न लगाउने स्वास्थ्य मन्त्रालयको सुझाव छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।