साउन १ देखि वृद्धभत्ता बढाउने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् ।

मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री ओलीले पहिलो बजेटमै सामाजिक सुरक्षा भत्ता नबढाएको भन्दै आलोचना गरेको तर दोस्रो बजेटमा बढाएको बताए । सामाजिक सुरक्षा भत्ता नबढाए पनि सामाजिक सुरक्षाको क्षेत्रमा थुप्रो काम गरेको भन्दै उनले अरु काम पनि गर्दै जाने बताए ।

‘कसैलाई आपत्ति लाग्ला । आपत्ति लाग्छ भने फेरि भन्छु साउन १ देखिलागु हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ’ उनले भने । ओलीले पूर्वपश्चिम रेलमार्ग पनि छिटै शिलान्यास गर्ने बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।