अ,पाङ्गता भएका २७ व्यक्तिलाई बाख्रा वितरण

डोटीयहाँको बडिकेदार गाउँपालिकामा अ,पाङ्गता भएका २७ व्यक्तिलाई बाख्रा वितरण गरिएको छ । बडिकेदार गाउँपालिकाको लक्षित वर्ग जीविकोपार्जन कार्यक्रमअन्तर्गत ती बाख्रा वितरण गरिएको हो । बडिकेदार गाउँपालिकाको आर्थिक सहयोग र मोहन्याल दृष्टिविहीन तथा अ,पाङ्गता सेवा समाजको आयोजनामा बाख्रा वितरण गरिएको गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दले जानकारी दिनुभयो ।

गाउँपालिकाभित्रका पाँचवटै वडाका २७ अपाङ्गता भएका व्यक्तिलाई जनही एक÷एकवटा बाख्रा वितरण गरेको हो । अपाङ्गता भएका व्यक्तिलाई जीविकोपार्जन गर्न सहयोग र सहज हुने उद्देश्यका साथ बाख्रा वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष इन्द्रा बोहरा (भाट) ले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाउँमा घाँसपात पनि प्रशस्त भएको र बाख्रापालनमा पनि सजिलो भएकाले यहाँका अ,पाङ्गता भएका व्यक्ति सहज होस् भनेर पहिलो चरणमा बाख्रा वितरण गरेका छौँ, आगामी दिनमा अन्य सीपमूलक तालिमसमेत प्रदान गर्नेछौँ ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।