किसानले समयमा भुक्तानी नपाउने समस्याले चिनी उत्पादन घट्यो

काठमाडौं । चालू आर्थिक वर्षमा नेपालमा करीब १ लाख मेट्रिकटन चिनी उत्पादन भएको अनुमान गरिएको छ । यस वर्षका लागि उखु क्रशिङ गर्ने काम १ साताअघि सकिएको थियो ।

क्रशिङको काम सकिएसँगै चिनी उत्पादक संघले करीब १ लाख मेट्रिक टन चिनी उत्पादन भएको अनुमान गरिएको बताएको छ ।

चिनी उद्योगीहरूबाट संघले प्राप्त गरेको तथ्यांकअनुसार हाल सम्म ७२ हजार मेट्रिक टन उत्पादन भएको छ भने तीनओटा उद्योगको तथ्यांक आउन बाँकी छ । ‘तथ्यांक आउन बाँकी रहेको उद्योगको उत्पादन समेत जोड्ने हो भने करीब १ लाख मेट्रिक टनसम्म पुग्ने अनुमान छ,’ संघका अध्यक्ष शशिकान्त अग्रवालले भने ।

विगत वर्षको तुलनामा यस वर्ष उपादन केही घटेको संघले बताएको छ । संघका अनुसार गतवर्ष १ लाख ३० हजार मेट्रिक टन चिनी उत्पादन भएको थियो । उखु किसानले समयमा भुक्तानी नपाउने समस्याले यस वर्ष धेरै किसानले उखु रोप्ने जमीनमा धान, गहुँखेती गरेकाले उखु उत्पादनमा नकारात्मक असर परेको हो ।

उत्पादन घट्नुमा यति मात्र कारण नरहेको संघका अध्यक्ष अग्रवाल बताउँछन् । उखु उत्पादनको चक्रअनुसार हरेक ३ वर्षको अन्तरालमा उत्पादन घट्ने उनको भनाइ छ ।

उही क्षेत्रफलमा त्यति नै मात्रामा मल, बीउ राखेर खेती गर्दा पनि उत्पादन पहिलो वर्षको तुलनामा दोस्रो वर्ष २० देखि २५ प्रतिशतसम्म घट्ने उनले बताए । उखु उत्पादन घट्ने वर्ष परेकाले त्यसको असर चिनीको उत्पादनमा पनि परेको उनको भनाइ छ ।

अग्रवालका अनुसार १० वर्ष अघिसम्म नेपालमा २ लाख ६० हजार मेट्रिक टनसम्म चिनी उत्पादन हुने गर्दथ्यो । अहिले उखु किसानले समयमा भुक्तानी नपाउने, तस्करीको चिनी भित्रिनेलगायत समस्याले आन्तरिक उत्पादन प्रभावित भएको बताइएको छ ।यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।