आज मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । आइतबारका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह ४ बजेका लागि बैठक बोलाएका हुन् ।

बैठकमा कोरोना नियन्त्रणका सम्बन्धमा आवश्यक निर्णय हुनुका साथै दैनिक प्रशासनीय विषयमा पनि छलफल हुने एजेण्डा रहेको एक मन्त्रीले जानकारी दिए ।

तरकारी तथा फलफूल बजारहरू जोखिममा

काठमाडौं । कोभिड–१९ को महामारीका कारण उपत्यकाका थोक तरकारी तथा फलफुल बजारहरू जोखिममा परेका छन्। खाद्यान्न तथा तरकारी पसलहरू दिनमा दुई पटक खोल्न दिइने भएपछि तरकारी तथा फलफूल बजारहरूमा बिहान र बेलुका एक्कासि भीड बढ्दा त्यहाँ कोरोना सर्ने जोखिम बढेको छ।

खाद्यान्न तथा तरकारी पसल बिहान ६ः०० देखि १०ः०० बजेसम्म र साँझ ५ः०० देखि ७ः०० बजेसम्म खुला हुन्छन्। खुद्रा पसलका लागि तरकारी तथा फलफूल खरिद गर्न थोक बजार कालीमाटी, बल्खु, बानेश्वर, तीनकुने, बागबजार टुकुचालगायतका ठाउँमा जाने गरेका छन्। त्यसले गर्दा बिहान त्यहाँ अत्यधिक भीड हुने गरेको छ। थोक बजार पनि अघिपछिभन्दा सीमित समयसम्म खुल्ने भएकाले उपभोक्ताको भीड अत्यधिक हुने गरेको छ।

नेपाल फलफूल तथा तरकारी व्यवसायी महासङ्घका अध्यक्ष खोमप्रसाद घिमिरेले तरकारी बजारमा अत्यधिक भीडका कारण जोखिम बढेको बताए । सरकारले तोकेको मापदण्डअनुसार बजार सञ्चालन गरे पनि कतिपय व्यापारीले त्यो मापदण्ड पालन नगरेका कारण जोखिम झनै बढेको उनले बताए । गोरखापत्रमा खबर छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।