‘बस्न्यातलाई थुनामा राख्नुको कारण देखाऊ’

काठमाडौँ, १९ वैशाख । सर्वोच्च अदालतले ललिता निवासको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा राख्नुको कारणसहित तीन दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ ।

न्यायाधीश मीरा खड्काको एकल इजलासले आज विशेष अदालतको आदेशअनुसार थुनामा रहनुभएका बस्न्यातलाई थुनामा राख्नुको कारणसहित सूचना म्याद प्राप्त भएको मितिले बाटोको म्याद बाहेक तीनदिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो ।

जग्गा प्रकरणमा पुर्पक्षका लागि थुनामा रहनुभएका बस्न्यातका तर्फबाट ज्वाईं प्रज्वल अधिकारीले स्वास्थ्य अवस्था प्रतिकूल भएकाले धरौटीमा रिहा भएर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा शुक्रबार बन्दीप्रत्येक्षीकरणको रिट निवेदन दर्ता गराउनुभएको थियो । बस्न्यात थुनामै रहेको अवस्थामा कोरोना सङ्क्रमण भएर हाल चाबहिलस्थित ओम अस्पतालमा उपचाररक्त हुनुहुन्छ ।

रिट निवेदनमा ६९ वर्ष भइसक्नुभएका उहाँ मुटु रोगबाट समेत पीडित रहेको उल्लेख छ । बालुवाटारको सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा अख्तियारले बस्न्यातसहित ११० जनाविरुद्ध २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सोही मुद्दामा विशेष अदालतले बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो । त्यसविरुद्ध बस्न्यातले सर्वोच्चमै निवेदन दिनुभएको थियो तर मिसिल झिकाउने आदेश भएर मुद्दा विचाराधीन अवस्थामा छ । यही बीचमा बन्दीप्रत्येक्षीकरणको रिट निवेदन आएको हो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।