एकार्काको स्वास्थ्यको रक्षा र उपचारमा जुट्न आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै नेपालीलाई संवेदनशील बनेर सहकार्य, समन्वय गर्न र एकार्काको स्वास्थ्यको रक्षा र उपचारका लागि जुट्न आग्रह गरेको छ ।मन्त्रालयले सबैमा स्वास्थ्यकर्मीको सल्लाहअनुसार मात्रै स्वास्थ्यसम्बन्धी व्यवहार तथा गतिविधि गर्न अनुरोध गरेको छ ।

अनावश्यक हल्लाको पछि लागेर भ्रममा नपर्न तथा सहयोगी भावनाले संक्रमण रोकथाम तथा नियन्त्रणमा भूमिका निर्वाह गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले चिकित्सकको सल्लाहबमोजिम मात्रै औषधि प्रयोग गर्न र अस्पतालमा भर्ना भइरहेका जटिल संंक्रमित अन्यत्र लैजाने काम नगराउन अनुरोध गर्नुभएको छ ।

चिकित्सक तथा स्वास्थ्यकर्मीलाई समेत आधिकारिक र प्रमाणित कामकुरा गर्न, गराउन र अस्पतालले उपचार भइरहेको संक्रमितको अन्य अस्पतालमा पठाउनुपूर्व पठाइने अस्पतालमा उपचार हुने व्यवस्था सुनिश्चित गरी चिकित्सकसँग समन्वय गरेर मात्रै गर्न, गराउन निर्देशन दिइएको डा अधिकारीको विज्ञप्तिमा उल्लेख छ ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖