कर्मचारीद्वारा बिपी प्रतिष्ठान धरानमा तालाबन्दी

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन धरानका कर्मचारीहरुले उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार, अस्पताल निर्देशक र मेट्रोनको कार्यकक्षमा तालाबन्दी गरेका छन ।

आफ्ना मागहरु पुरा नभएकाे भन्दै कर्मचारी कल्याण तदर्थ समितिको नेतृत्वमा प्रतिष्ठनका नेतृत्वकाे कार्यकक्षमा तालाबन्दी गरेका हुन ।

कर्मचारीहरुले कोभिड–१९ को भत्ता पारदर्शी गरेर कार्य अनुपातमा सम्पूर्ण कर्मचारीलाई समानरूपमा वितरण गर्नुपर्ने, गत आर्थिक वर्षमा वृद्धि भएको २० प्रतिशत तलब यथाशीघ्र एकमुष्ठ उपलब्ध गराउनुपर्ने, कर्मचारीहरुको आन्तरिक फाइल बढुवा विज्ञापन खोल्नुपर्ने माग राखेका थिए ।

उनीहरुले ज्यालादारी कर्मचारीलाई करारमा राख्नुपर्ने तथा र कर्मचारी कल्याण समाजको निर्वाचन तत्काल गर्नुपर्ने माग राखेर कर्मचारीहरु यसअघि नै आन्दोलित भएका थिए ।

कर्मचारी कल्याण तदर्थ समितिका संयोजक राजन कोइरालाका अनुसार पदाधिकारीहरूले आश्वासन दिए पनि कर्मचारीको विषयमा चासो नदिएकाले तालाबन्दी गर्नुपरेको हो । “पदाधिकारीहरु ठेक्कापट्टाको कमिसनमा मात्र चासो राख्नु हुन्छ, हामी कर्मचारीको माग सुन्नुहुन्न । वैशाख १४ गते लिखित दिएको मागबारे सुनुवाइ भएन । पटकपटक ध्यानाकर्षण गराउँदा पनि चासो नदिएकाले तालाबन्दी गर्न बाध्य भएका हौँ”, कोइरालाले भने ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖