बिपी प्रतिष्ठानमा सङ्क्रमितको सङ्ख्या बढ्दै

देवेन्द्र कार्की धरान, २६ वैशाख । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिरामीको चाप बढेर गएको छ । आज बिहानको तथ्याङ्कअनुसार बिपी प्रतिष्ठानमा ११४ बिरामी भर्ना भएका छन् । यो तथ्याङ्क यही वैशाख १ गते यताको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणि पोखरेलका अनुसार प्रतिष्ठानबाट हालसम्म कोरोना जितेर (पूर्ण रुपमा निका भएर) १२ जना घर फर्केका छन् । एकसठ्ठी जना कोभिड अस्पतालमा उपचाररर्थ रहेका छन् । हालसम्म १८ जनाको ज्यान गएको सहप्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।

एक सय श्यया क्षमता भएको प्रतिष्ठानमा निको भएर घर फर्कनेको सङ्ख्या पनि बढेर गएको छ । दश पूर्ण रुपमा निका भएर घर फर्केका छन् । तेइस आइसियु र अक्सिजन श्ययाबाट जेनेरल श्ययामा स्थानान्तर भई होम आइसोलेशनमा बस्ने गरी घर फर्केका सहप्रवक्ता पोखरेलले बताउनुभयो ।

“अस्पतालले कोरोना नेगेटिम भएर फर्केकालाई मात्र निको भएको मान्ने गरेको छ, तर आइसियुमा बस्ने र अक्सिजन श्ययामा बसेर सामान्य भएर घर फर्कनेको सङ्ख्या बढेको छ”, डा पोखरेलले भन्नुभयो, “हाम्रो क्षमताले भ्याएसम्म सङ्क्रमितलाई सेवा दिइरहेका छौँ, हालसम्म कुनै सङ्क्रमितलाई फर्काउनु परेको छैन् ।”

सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा पछि भने समस्या हुने उहाँको भनाइ छ । सङ्क्रमितलाई प्रतिष्ठानमा ल्याउँदा अस्पतालसँग समन्वय गरेरमात्र ल्याउन उहाँले आग्रहसमेत गर्नुभएको छ । त्यसका लागि डा इन्द्र लिम्बू र डा विकास साहलाई फोकल पर्सनका रुपमा अस्पतालले तोकेको उहाँले जानकारी दिनुभयो ।

समन्वय नगरी सङ्क्रमित ल्याउन कतिपयलाई आइसियु श्यया वा अक्सिजन चाहिने हुन सक्छ यहाँ खाली नहुन सक्छ । त्यस्तो बेलामा जटिलता उत्पन्न हुने भएकाले उहाँहरुसँग समन्वय गरेर मात्र सङ्क्रमित प्रतिष्ठान ल्याउन प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरीशङ्कर साहले जानकारी दिनुभयो ।

यही वैशाख २५ गतेसम्म प्रतिष्ठानको कोभिड अस्पतालमा एक हजार ३३८ जना भर्ना भएका थिए । नौ सय ९९ जना पूर्ण निको भएर घर फर्केका थिए भने १३९ जनाको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको ल्याबमा ८० हजार ३३२ जनाको पिसिआर परीक्षण गरिएको छ । आठ हजार ५२६ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको प्रतिष्ठानको तथ्याङ्कमा उल्लेख छ । प्रतिष्ठानमा प्रदेश नं १ र २ का केही जिल्लाबाट पिसिआर परीक्षणका लागि स्याम्पल आउने गरेको छ ।

प्रतिष्ठानले विशेषज्ञ चिकित्सक, कन्सल्ट्यान्टसहितको चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी कोभिड अस्पतालमा खटाएको छ । दुई सिफ्ट बनाएर २५ जनाको दरले जनशक्ति खटाइएको निर्देशक साहले जानकारी दिनुभयो ।

कोभिड अस्पताललाई व्यवस्थित बनाउन सरोकारवालासँग छलफल

केही दिनअघि कोभिड अस्पताललाई व्यवस्थित बनाउन स्थानीय तह प्रमुख, राजनीतिक दलका प्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी र प्रतिष्ठान पदाधिकारीबीच छलफल भएको थियो । शव समयमा नउठ्ने गुनासो आएपछि कसरी समयमा शव व्यवस्थापन तथा यहाँ आउने सङ्क्रमितको व्यवस्थापन, उपचारमा कसरी सहजता गर्ने भन्ने विषयमा सुझाव सङ्कलन गरिएको अस्पताल निर्देशक साहले जानकारी दिनुभयो ।

सङ्क्रमितका आफन्तका लागि कुरुवा घर निर्माण

प्रतिष्ठान हाताभित्र रहेको कोभिड अस्पतालमा बिरामीका आफन्तलाई सजिलोका लागि अस्थायी कुरुवा घर निर्माण गरिँदैछ । शुक्रबार धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईको अगुवाइमा कोभिड अस्पतालमा रहेका बिरामीको आफन्तका लागि कुरुवा घर निर्माण शुरु गरिएको हो ।

कोभिड अस्पतालमा बिरामी कुरुवा घर नभएका कारण बिरामीका आफन्तलाई व्यापक रुपमा समस्या भएको जनगुनासो आएपछि कोभिड अस्पताल पछाडि रहेको खाली जग्गामा कुरुवा बस्ने घर निर्माण गरिएको हो ।

मारवाडी सेवा समिति र नेपाल अग्रवालको सहकार्यमा कुरुवा घर निर्माण गरिएको हो । अस्थायी बिरामी कुरुवा घर १८ फिट चौडाइ र ८० फिट लम्बाइको हल, शौचालय तथा स्नान कोठासहितको सुविधा सम्पन्न रहने प्रतिष्ठानले जनाएको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।