कोभिड सङ्क्रमितले पाएनन् उपचार

काठमाडौं । दैनिक रुपमा कोभिड सङ्क्रमित बढ्न थालेपछि सदरमुकाममा रहेको दमौली अस्पतालले अक्सिजन सहितको आइसोलेशन बनायो । अस्पतालले चार भेन्टिलेटर र सात आइसियू सहित ३० अक्सिजन सिलिन्डर सहितको आइसोलेशन कक्ष बनाएको छ ।

अस्पतालले अक्सिजन सहितको आइसोलेशन बनाएपछि क सङ्क्रमित उपचार पाउनेमा ढुक्क थिए । भानु नगरपालिका–१ का ६४ वर्षीय वृद्धले समयमै उपचार नपाएकै कारणले ज्यान गुमाउनुपरेको छ ।

दुई दिन अगाडी ओम अस्पतालमा परीक्षण गराउँदा सङ्क्रमण पुष्टि भएका ती वृद्ध घर आएका थिए । घरमै रहँदा श्वासप्रश्वासमा समस्या भएपछि परिवारले शनिबार राति दमौली अस्पताल ल्याएको दावी गरेको छ । अस्पताल ल्याएपछि घरमै आराम गर्नु भनेर पठाएको पीडितको भनाइ छ । “हिजै अस्पताल भर्ना गरिदिएको भए आजसम्म बिरामी ठिक भइसक्थे होला,” पीडित परिवारका एक सदस्यले भन्नुभयो, “अस्पतालको लापरवाहीका कारण उहाँको ज्यान गएको छ, यसको जिम्मेवारी कसले लिने हो ?”

दमौली अस्पतालले भने आफूहरुको तर्फबाट कुनै कमजोरी नरहेको बताएको छ । पूर्व जानकारी बिना ल्याइएकाले अस्पताल भर्ना गर्न नसकिएको र पोखरा रिफर गरिएको अस्पतालको भनाइ छ । ती वृद्धको नेपाली सेनाले आइतबार राति नै शव व्यवस्थापन गरिसकेको छ । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।