अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न दियाे यस्ताे निर्देशन

काठमाडौं । अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाव दिएको छ । नेपालमा कोरोना भाइरस (कोभिड–१९०)को संक्रमण ठूलो संख्यामा बढिरहेको अवस्थामा अमेरिकाको विदेश मन्त्रालयले नेपाललाई लेभल फोरमा अर्थात् भ्रमण नगर्न सुझाव दिने देशको सूचीमा राखेको छ ।

नेपालले यसअघि नै सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिसकेको छ । यस्तोमा नेपालस्थित अमेरिकी दूतावासले सरकारसँग नेपालमा रहेका आफ्ना नागरिकलाई चार्टर्ड विमानको सहयोगमा अमेरिका लैजाने प्रस्ताव गरेको छ । तर, यस विषयमा सरकारले कुनै जवाफ नदिएको दूतावासले बताएको छ ।

यसअघि आफ्नो घर फर्किनको लागि नाम दर्ता नगराएका मानिसले आफ्नो नाम दर्ता गराउन दूतावासले आग्रह गरेको छ । सरकारले अनुमति दिएको अवस्थामा दूतावासले अमेरिकी नागरिकहरुलाई यस विषयमा जानकारी उपलब्ध गराउने बताएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖