धनकुटाका ६ सहित प्रदेश १ मा थपिए अहिले सम्मकै धेरै ९ सय ९३ संक्रमित

विराटनगर । प्रदेश १ मा आज अहिले सम्मकै धेरै ९९३ जना कोरोना संक्रमित थपिएका छन् ।

धनकुटामा ६ जना, संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार धनकुटाको महालक्ष्मीमा ३, धनकुटा नगरपालिकामा २, छथरजोरपाटीका १ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै मोरङमा ४४५, झापामा २२९, सुनसरीमा १६१, भोजपुर र संखुवासभामा ३२–३२, ताप्लेजुङमा १४, उदयपुरमा १३, इलाममा १०, ते¥हथुममा ६, पाँचथर, खोटाङ र –१ र प्रदेश १ बाहिरका ४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १३९ महिला र १८३ पुरुष सहित ३२२, सुन्दरहरैचामा ४०, पथरीशनिश्चरेमा १७, उर्लाबारी र बुढीगंगामा ११–११, कटहरीमा १०, जहदामा ७, धनपालथान र रंगेलीमा ५–५, रतुवामाईमा ४, बेलबारी र ग्रामथानमा ३–३, मिक्लाजुङमा २, केराबारी र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ५७, इटहरीमा ३१, इनरुवामा ३०, दुहवीमा १२, बर्जु र बराहक्षेत्रमा ९–९, गढीमा ५, रामधुनीमा २, देवानगञ्ज र हरिनगरमा १, स्थानीय तह नखुलेका ४, झापाको दमकमा ८०, भद्रपुरमा ५६, विर्तामोडमा ३६, मेचीनगरमा १२, गौरादहमा ११, कमल गाउँपालिकामा ९, झापा गाउँपालिकामा ५, कचनकवलमा ४, बुद्धशान्ति र अर्जुनधारामा ३–३, स्थानीय तह नखुलेका ८, शिवसताक्षी र बा¥हदशीमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरी भोजपुरको षडानन्दमा ३२, संखुवासभाको खाँदबारी र चैनपुरमा १५–१५, मादी र मकालुमा १–१, ताप्लेजुङको मेरिङदेन १२, फक्ताङलुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगामा ११, चौदण्डीगढीमा २, इलामको इलाम नगरपालिका र माईमा ३–३, सुर्योदय र स्थानीय तह नखुलेका २–२, ते¥हथुमको आठराईमा ५ र स्थानीय तह नखुलेका १, पाँचथरको फिदिम र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका ४३ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४० हजार ८१७ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ४७० संक्रमणमुक्त भएका छन् । आज ११० जना संक्रमणमुक्त भएका छन् ।

सक्रिय संक्रमितको संख्या ९ हजार ७४७ पुगेको छ । प्रदेश १ मा आज १ हजार ९५९ जनाको पीसीआर परीक्षण गरिएको मध्ये ४०७ महिला र ५८६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।