कोरोनाबाट बच्न जीवनशैलीमा परिवर्तन गर्नुपर्ने

काठमाडौँ,कोभिड–१९ को सङ्क्रमणबाट बच्न पूर्वीय दर्शनमा आधारित जीवनशैलीलाई अपनाउनुपर्नेमा जोड दिइएको छ । वाग्मती सफाइ महाअभियानको हामी साथ छौँ कार्यक्रमले आज जुम प्रविधिबाट आयोजना गरेको ‘के गर्ने ? के नगर्ने ?’ विषयक अन्तरक्रिया कार्यक्रममा आयुर्वेदका वरिष्ठ चिकित्सक डा ऋषिराम कोइरालाले पूर्वीय दर्शनमा आधारित भान्सा पद्धतिलाई पुनःस्थापित गरिनुपर्नेमा जोड दिनुभयो ।

प्राचीनकालदेखि नै भान्सामा जडीबुटी एवं औषधिजन्य चीजबीजको व्यवस्था हुने भएकाले आधुनिकताका नाममा त्यसलाई नबिर्सन उहाँले सुझाव दिनुभयो । भान्सामा जाँदा हातगोडा धोएर शुद्ध पहिरन लगाएर जाने, भान्सालाई एक जनाले नछोड्ने पद्धति पनि कति वैज्ञानिक रहेछ भन्ने बुझ्न कोरोना महामारीले अवसर दिएको चिकित्सक कोइरालाले सुनाउनुभयो । जैविक प्रविधिबाट उत्पादित अनाज उपभोग गरी सकारात्मक सोच राख्ने, दुःखमा पनि हाँस्ने, तनावमा नरहने गर्नाले कोरोना जस्ता महामारीबाट बच्न सकिने उहाँको सुझाव थियो ।

कार्यक्रममा मनोपरामर्शदाता कञ्चन रावतले अध्ययनले पाँचमध्ये चार जनालाई मनोसामाजिक समस्याले सताउने गरेको तथ्य पुष्टि भएको बताउनुभयो । चिन्ता, निराशा, लागुपदार्थको दुव्र्यसन, घरेलु हिंसा, यौन हिंसा बढेको, मानसिक स्वास्थ्य सेवाको पहुँच कम रहेकाले पनि सचेत हुनुपर्ने कार्यक्रममा उहाँले प्रस्तुत गर्नुभएको कार्यपत्रमा उल्लेख छ ।

कोरोनाले बालबालिका, वृद्धवृद्धामा बढी समस्या देखिएकाले जोखिम वर्गका व्यक्तिलाई जोगाउन सरोकार भएका निकायको ध्यान जानुपर्ने उहाँको भनाइ थियो । जोखिममा रहेको समूहलाई लक्ष्य गरेर विशेष कार्यक्रम अघि बढाउन पनि रावतले माग गर्नुभयो । निषेधाज्ञाका कारण घरबाट काम गर्दा धेरै मानिसमा समस्या आएकोे, विशेषगरी महिला दोहोरो भूमिकाका कारण समस्यामा परेको, घरमा बच्चालाई व्यवस्थापन गर्नु पनि चुनौतीपूर्ण बन्न थालेकाले मानिस मानसिक रुपमा विचलित हुन सक्ने भएकाले तनाव व्यवस्थापनका लागि योग, प्राणायाम, ध्यान, व्यायाम, हिँड्डुल, हाँसखेल, मनोरञ्जनका कार्यक्रम पनि दैनिक रुपमा गरिनुपर्ने उहाँको सुझाव छ ।

महामारीका विषयमा चिन्ताको सट्टा चिन्तन गर्ने, अरूलाई सहयोग गर्ने गर्नाले शरीरमा आत्मबलका साथै रोग प्रतिरोधी क्षमतामा पनि वृद्धि हुने मनोविमर्शकर्ता रावतको सुझाव थियो ।

प्रेक्षा ध्यान शिक्षक किशोरसिंह शाहीले योग, प्राणायाम र ध्यानले महामारीका बेला शान्त रहन सहयोग गर्नाका साथै शरीरमा अक्सिजन आपूर्ति व्यवस्थापन प्रणालीलाई सक्रिय राख्न पनि सहयोग गर्ने बताउँदै जुमबाटै अभ्याससमेत गराउनुभयो । पूर्व मुख्यसचिव एवं वाग्मती सफाइ महाअभियानका मुख्य अभियानकर्मी लीलामणि पौडेलले दैनिक रुपमा प्राणायाम र योगको कार्यक्रमलाई जुमबाटै निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभयो । धेरैलाई सामाजिक सञ्जालबाट जानकारी गराएर परोपकारी काम गरिने पनि उहाँले जानकारी दिनुभयो ।

वाग्मती सफाइ अभियानकर्मी नारायण श्रेष्ठले साप्ताहिक रुपमा ‘के गर्ने ? के नगर्ने ?’ भन्ने विषयमा विज्ञबाट अन्तरक्रिया गरिने बताउनुभयो । वाग्मती सफाइ महाअभियान आठ वर्ष पूरा भई नवौँ वर्ष प्रवेशका अवसरमा बुधबार जुम प्रविधिबाटै विशेष कार्यक्रम गरिने जानकारी पनि सो अवसरमा गराइएको थियो ।

विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान शुरु भएको थियो । प्रत्येक हप्ता शनिबार बिहान ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ निरन्तर वाग्मती सफाइ महाअभियान जारी छ । महाअभियान चाडपर्व, जाडो, गर्मी, भूकम्पको प्रकोप, नाकाबन्दी, कोरोना महामारी जस्ता समयमा निरन्तर जारी छ ।

वाग्मती सफाइ महाअभियान शुरु भएपछि उपत्यकामा यसका सहायक नदी सफाइ अभियानसमेत शुरु भएको छ । उपत्यकाबाहिर पनि मुख्य शहर, नदी एवं सांस्कृतिक स्थलमा सफाइ अभियान जारी छ । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई हालसम्म देशभर १०७ स्थानमा सफाइ अभियान चलिरहेको जनाइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।