संवैधानिक परिषद् अध्यादेश : लिखित जवाफ माग

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध परेको रिट निवेदनमा लिखित जवाफ पेश गर्न राष्ट्रपति कार्यालयका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश मीरा खड्काको एकल इजलासले आज बाटाको म्यादबाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो ।

आदेशमा सो विषयमा अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफलका लागि दुवै पक्षलाई यही जेठ १७ गते बोलाइएको छ । अधिवक्ता डा पुण्यप्रसाद खतिवडाले दोस्रो पटक जारी गरिएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, ०६६ संशोधन गर्न बनेको अध्यादेश, २०७८ कार्यान्वयन नगराउन माग गर्दै गत वैशाख २८ गते निवेदन दायर गरेका थिए ।

संवैधानिक नियुक्तिका लागि प्रधानमन्त्रीसहित तीन जनाले निर्णय गर्न सक्ने गरी दोस्रोपटक अध्यादेश जारी गरिएकोविरुद्ध निवेदन परेको हो ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।