अक्सिजन प्लान्ट र एचडियुका लागि रु १७ करोड ८७ लाख निकासा

काठमाडौँ,सरकारले १३ अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडियु जडानका लागि रु १७ करोड ८७ लाख ७० हजार निकासा दिएको छ ।

भक्तपुर क्यान्सर अस्पतालका लागि रु दुई करोड, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि रु पाँच करोड १२ लाख ७० हजार, चरिकोट अस्पताललाई रु एक करोड ५५ लाख, जिरी अस्पताललाई रु ८० लाख, बाजुरा अस्पताललाई रु ७५ लाख तथा बझाङ अस्पतालका लागि रु एक करोड ५५ लाख निकासा दिइएको अर्थ मन्त्रालयले आज जनाएको छ ।

यसैगरी डोटी अस्पतालका निम्ति रु ८० लाख, अछाम अस्पतालका लागि रु ७५ लाख, सोलुखुम्बु अस्पताललाई रु ७५ लाख, खोटाङ अस्पताललाई रु ७५ लाख, ताप्लेजुङ अस्पतालका लागि रु ७५ लाख, सूर्य विनायक अस्पतालका निम्ति रु ७५ लाख र मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका निम्ति रु एक करोड ५५ लाख प्रदान गरिएको छ ।

यसअघि सरकारले २६ वटा केन्द्रीय अस्पताल र नौ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्कका लागि रु दुई अर्ब ९५ करोड २० लाख उपलब्ध गराएको थियो ।

कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने सरकारको नीतिअनुरूप अस्पताल एवं स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक स्रोत उपलब्ध गराइएको हो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।