यार्सा सङ्कलन क्षेत्रमा निःशुल्क उपचार तथा औषधि वितरण

बझाङ, जिल्लाको साइपाल गाउँपलिकाका यार्सा सङ्कलन क्षेत्रमा गएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य सेवा तथा औषधि वितरण गरिएको छ । साइपाल गाउँपालिकाको स्वास्थ्य शाखाले यार्सा सङ्कलन क्षेत्र राइढुङ्गी, माँझा, औलागाडलगायतका ठाउँमा रहेका यार्सा सङ्कलक, अस्थायी होटल व्यवसायी तथा भेडाबाख्रा व्यवसायीलाई निःशुल्क स्वास्थ्योेपचार तथा औषधि वितरण गरिएको काँडा स्वास्थ्य चौकीले जनाएको छ ।

स्वास्थ्य चौकीका अहेव लोकेन्द्र जेठाराले स्वास्थ्यकर्मीको टोलीले यार्सा सङ्कलन क्षेत्रमा रहेका प्रत्येक पालमा गएर स्वास्थ्य उपचारका साथै निःशुल्क औषधी समेत वितरण गरेको बताउनुभयो । उहाँले भन्नुभयो “यार्सा सङ्कलन क्षेत्रमा चिसोका कारण ज्वरो आउने, रुगाखोकी लाग्ने, लेक लाग्ने, ग्याष्ट्रिक हुने, हाडजोर्नी दुख्नेजस्ता समस्या भएका बिरामी देखिएका छन् । गाउँपालिकाबाट खटिएको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य समस्या देखिएका बिरामीका लागि निःशुल्क औषधि तथा स्वास्थ्य परामर्श सेवा दिएका छौँ ।”

गाउँपालिकाले निःशुल्क स्वास्थ्य परामर्श तथा औषधि वितरण गर्न स्वास्थ्यकर्मीको टोली खटाएर राम्रो काम गरेको मष्टा गाउँपालिकाबाट यार्सा सङ्कलन गर्न औलागाड पुगेका खगेन्द्र बोहोराले बताउनुभयो । उहाँले भन्नुभयो, “दिनानुदिन हिमपात भइरहेको छ । यार्सा सङ्कलन क्षेत्रमा फोहोर पानी खानुपर्ने बाध्यता छ । कहिलेकाहीँ त खाना पनि राम्ररी नपाकेरै खान्छौँ । कहिले हप्ता दिनसम्म पखाला चलेर पालमै बस्नुपर्ने बाध्यता हुन्छ । गाउँपालिकाले निःशुल्क स्वास्थ्य जाँच तथा औषधि वितरण गरेर आफूहरुलाई ठूलो राहत भएको छ ।”

हिमाली क्षेत्रमा यार्सा सङ्कलन तथा अन्य व्यवसाय गर्नेमध्ये सात जनाको हाडजोर्नी दुख्ने, ११ जनाको टाउको दुख्ने र अरु सामान्य ज्वरो आएका बिरामी गरी जम्मा १५० जनालाई स्वास्थ्य परामर्श तथा निःशुल्क औषधि वितरण गरेको गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले बताउनुभयो ।

–––

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖