श,व व्यवस्थापनका लागि स्काउटरलाई प्रशिक्षित गरिँदै

दमक, कोरोना स,ङ्क्रमितको श,व व्यवस्थापनमा नेपाली सेनालाई सघाउन स्काउटरलाई श,व व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिएको छ ।

देशभर अहिले नेपाली सेनाको टोलीले मात्रै सङ्क्रमितको श,व व्यवस्थापन गर्दै दाहसंस्कार गर्ने गरिएकोमा झापामा सेनालाई यो कार्यमा सघाउन थप जनशक्तिको व्यवस्थापन गर्ने उद्देश्यले स्काउटरहरुलाई आइतबारदेखि चार दिवसीय तालिम दिन शुरु गरिएको हो ।

नेपाली सेनासँगको सहकार्यमा श,व व्यवस्थापनको तालिम सञ्चालन शुरु गरिएको नेपाल स्काउटका १ नम्बर प्रदेश समिति सदस्य राम पौडेलले बताउनुभयो ।

उहाँले सबै ठाउँमा सङ्क्रमितको श,व व्यवस्थापन गर्न सेनालाई मात्रै हम्मेहम्मे परिरहेका कारण स्वयंसेवाका क्षेत्रमा क्रियाशील स्काउटरहरुलाई प्रशिक्षण दिइएकोे बताउनुभयो । उहाँका अनुसार बुधबारसम्म भद्रपुरमा सञ्चालन हुने सो तालिममा झापाका १७ स्काउटर सहभागी छन् ।

तालिमको पहिलो दिन श्री नयाँ श्रीनाथ गणका गणपति श्री अमरजङ्ग थापाले सिसिएमसी, डिसिएमसी, स्थानीय सरकार तथा विभिन्न सङ्घसंस्थाको भूमिकाबारे प्रस्ट पार्नुभएको थियो ।

नेपाली सेनाका तर्फबाट प्रशिक्षक लेफ्टिनेन्ट डा समीर पुडासैनीले कोरोनाका बारेमा प्रस्ट पार्दै शव व्यवस्थापनमा ध्यान पु¥याउनुपर्ने प्राथमिक तथा गहन विषयहरूमा प्रकाश पार्नुभएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖