आलेद्वारा अक्सिजन खरीद गर्न रु एक लाख सहयोग

काठमाडौँ, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल अछाममा अक्सिजन खरीद गर्नका लागि आफ्नो व्यक्तिगततर्फबाट रु एक लाख सहयोग गर्नुभएको छ ।

अक्सिजन नपाउँदा कोरोना सङ्क्रमितको उपचारमा समस्या भएको जानकारी भएपछि उहाँले अस्पताललाई आफ्नातर्फबाट रु एक लाख उपलब्ध गराउनुभएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो ।

अछाममा अक्सिजन अभाव भएका कारण त्यहाँका नागरिकले अक्सिजन किन्नका लागि अभियानसमेत सञ्चालन गरेका थिए ।

अक्सिजन नभएकै कारण जिल्लामा कैयौँ कोरोना सङ्क्रमितले अकालमै ज्यान गुमाएका थिए । अक्सिजन खरीद गर्न रकम प्रदान गरेपछि यहाँका कोरोना सङ्क्रमितको उपचारमा निकै राहत पुग्ने जिल्ला अस्पताल अछामका मेडिकल सुपरिटेन्डेन्ट डा अतुल भारद्वाजले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अक्सिजन नहुँदा कोरोना सङ्क्रमितको उपचारमा निकै समस्या भएको थियो, मन्त्रीज्यूले अक्सिजन किन्न व्यक्तिगतरुपमा रकम उपलब्ध गराएपछि अब सहज हुने छ ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖