सोलारबाट बिजुली उत्पादन हुने

तनहुँ,शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराको तनहुँ सोलार फार्म प्रालिले सोलारबाट कम्तीमा ५ मेगावट क्षमताको विद्युत उत्पादन गर्ने कार्य ९० प्रतिशत पुरा भएको छ ।

नेपाल विद्युत प्राधिकरण दमौलीको ३३ केभिएबाट लाइन जडान गरिएपनि शुक्लागण्डकी नगरपालिकावासीले विद्युत जाने समस्या भोग्नुपरेपछि त्यसको विकल्पमा सोलारबाट विद्युत उत्पादन गर्न लागिएको हो।

रातको तुलनामा दिनमा झण्डै नौ÷दश पटकसम्म विद्युत जाने समस्याले सास्ती भोग्नुपरेपछि नगरपालिकाका व्यवसायी र एनआरएनएको एमसीआई गु्रपसहितको संयुक्त लगानीमा विद्युत उत्पादन गर्न लागिएको फार्मका व्यवस्थापक हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

शुरुमा उत्पादित विद्युत प्राधिकरण दमौली सवस्टेशनलाई दिने सहमति भएपनि अहिले बेलचौतारामा सबस्टेशन निर्माण भएपछि फार्मलाई फाइदा पुगेको छ ।

बेलचौताराबाट दमौली सवस्टेशनसम्म लैजादाँ झण्डै रु.तीन करोड खर्च हुने देखिएपनि नगरपालिकामा सबस्टेशन बनेपछि धेरै रकम खर्च हुनबाट जोगिएको उहाँले बताउनुभयो ।

बेलचौतारादेखि दमौलीसम्म विद्युत बिस्तार गर्दा पोल गाड्ने, रुख कटान र जग्गा विवाद लगायतका झमेलाले सहज रुपमा काम गर्ने वातावरण हुदैन्थ्यो । उहाँले भन्नुभयो, “अब सहज परिस्थिति भएकोले सहज रुपमा काम अघि बढाइनेछ ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖