भारतमा कोभिड–१९ को संक्रमण दर घट्ने क्रम जारी

नयाँ दिल्ली, कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा १ लाख ५२ हजार ७३४ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएसँग देशभर हालसम्म कूल २ करोड ८० लाख ४७ हजार ५३४ व्यक्ति कोरोना संक्रमित भएका छन् ।

भारतमा हिजो कोरोना संक्रमितको संख्या गत ५० यताको नै कम भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।

तर भारतमा दैनिक मृ,त्यु दरमा सोचेजति कमी आएको छैन । मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा ३ हजार १२८ जनाको कोभिड–१९ को संक्रमणबाट मृ,त्यु भएको उल्लेख छ ।

यो सहित भारतमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ३ लाख २९ हजार १०० जनाको ज्या,न गएको छ ।

भारतमा हाल कोभिड–१९ का २० लाख २६ हजार ९२ व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । विगत २४ घण्टामा २ लाख ३८ हजार २२ ब्यक्ति कोभिडबाट संक्रमणमुक्त भएका जनाएको छ । भारतमा गत मे १० मा सक्रिय संक्रमितको संख्या उच्च विन्दुमा पुगेको थियो ।

भारतमा हालसम्म ३४ लाख ३१ हजार ५४ हजार व्यक्तिको कोरोना परिक्षण गरिएको सरकारी स्रोतले जानकारी दिएको छ ।

भारतमा गत जनवरी १६ तारिखबाट कोरोनाविरुद्ध खोप अभियान शुरु भएको थियो । मन्त्रालयका अनुसार हालसम्म कूल २१ करोड ३१ लाख ५४ हजार डोज खोप लगाइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।