चिनियाँ राष्ट्रपति जिनपिङद्धारा सिरियाली राष्ट्रपति असदलाई बधाई

बेइजिङ, चिनियाँ राष्ट्रपति सि जिनपिङले सिरियाका राष्ट्रपतिमा बसर अल असद निर्वाचित भएकोमा बधाई दिनुभएको छ ।राष्ट्रपति सि जिनपिङले सोमबार सिरियाली नवनिर्वाचित राष्ट्रपति बसर अल असदललाई बधाई सन्देश पठाउनुभएको हो ।

सिरियामा हालै सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनमा बसर अल असद निर्वाचित हुनुभएको थियो । राष्ट्रपति सि जिनपिङले सो सन्देशमा चीन र सिरिया आपसका मित्र राष्ट्र हुन् भन्दै यी दुई देशका बीचको मैत्री तथा कूटनीतिक सम्बन्ध आगामी दिनमा पनि निरन्तर रहने बताउनुभएको छ ।

राष्ट्रपति सि जिनपिङले सिरिया चीनसँग कूटनीतिक सम्बन्धलाई स्थापना गर्ने र कायम राख्ने अरबको एउटा पुरानो देश हो भन्नुभएको छ । आगामी दिनमा सिरियाका राष्ट्रपति असदको समयमा चीन र सिरियाबीचको सम्बन्ध थप सुदृढ बन्ने विश्वास पनि राष्ट्रपति सि जिनपिङले सो सन्देशमा व्यक्त गर्नुभएको छ ।

उहाँले कोभिड १९ का विरुद्धमा अहिले विश्वले संघर्ष गरिरहेको छ भन्दै आगामी दिनमा सिरियालाई पनि चीनले यो महामारीका विरुद्धमा लड्न सहयोग गर्ने बाचा गर्नुभएको छ ।

सिरियामा केही वर्षदेखि राष्ट्रपति असदका विरुद्धमा आन्दोलन जारी रहेको छ । यहाँका जनताले प्रजातान्त्रका लागि गरेको संघर्षमा परेर चार लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।