चौधरी उद्योग परिसरमा लागेका आ,गो पाँच घण्टापछि आगो नियन्त्रणमा

कावासोती, नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकास्थित चौधरी उद्योग परिसरमा लागेका आ,गो नियन्त्रणमा आएको छ । आज बिहान उद्योग परिसरभित्रको सिजी बु्रअरीमा लागेको आगो करीब पाँच घण्टामा पूर्णरुपमा नियन्त्रणमा आएको हो ।

नवलपरासी पूर्व, नवलपरासी पश्चिम र चितवनका सात दमकल, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरीसहितको प्रयासमा आ,गो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताउनुभयो ।

सिजी बु्रअरीको गोदाम घरमा लागेको आगो नियन्त्रका लागि गोदाम घरका भित्तासमेत भत्काइएको थियो । आ,गो नियन्त्रणमा लिन र बढ्दै गएर कम्पनीको प्लान्ट भएको क्षेत्रमा नपुगोस् भनेर गोदाम घरको भित्तासमेत भत्काएर आगो नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो ।

आ,गला,गीबाट तयारी अवस्थामा रहेको बि,यर, अन्य पेयपदार्थ, उत्पादनका लागि राखिएका कच्चापदार्थलगायत सामग्रीमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो । विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । आगलागीबाट के कति क्षति भयो भन्ने यकिन विवरण भने अझै नआएको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।