मोटरसाईकल चोरीमा संलग्न इटहरीका ७ जना पक्राउ

इटहरी । मोटरसाईकल चोरीमा संलग्न ७ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा इटहरी १३ का २८ बर्षीय राजेश मेहता, इटहरी २० का ३८ बर्षीय बलराम गुरूङ, इटहरी २ का ३९ बर्षीय सुवास लिम्बु, इटहरी ३ का ३० बर्षीय मचिन राई, इटहरी ४ का २१ बर्षीय गोलमोल राई, १९ बर्षीय रोमन परियार र २१ बर्षीय मनोज परियार रहेका छन् ।

गत जेष्ठ १२ गते राती मोरङको सुन्दरहरैचा ४ बस्ने मदन कुमार चौधरीको नाममा रहेको प्र-१-०५-००१ प-००६१ नम्बरको रातो कलरको २०० सिसिको ल्क् मोटरसाईकल घरबाटै चोरी भए पश्चात ईलाका प्रहरी कार्यालय बेलबारीबाट सुक्ष्म रुपमा अनुसन्धान तथा खोजतलास थालेको थियो ।

खोजतालसको क्रममा प्रहरीले गत जेष्ठ २१ गते चोरी भएको मोटरसाईकल राजेश मेहताको घरबाट फेला पारी मेहता सहित मोटरसाईकल नियन्त्रणमा लिएको हो । मेहता पक्राउ परे पश्चात चोरीमा संलग्न बाकी ६ जना आ-आफ्नै घरबाट प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।-इटहरी खबरको सहयोगमा

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।