सर्दू खोलामा भइरहेको नदीजन्य पदार्थ उत्खनन्को विरोधपछि भएको झडपमा घा’इँते भएको नेता कार्यकर्ताको तत्काल सम्मानपूर्वक रिहा गर्न ध्यानाकर्षण

धरान । धरानस्थित सर्दू खोलामा भइरहेको नदीजन्य पदार्थ उत्खनन्को वि रोधपछि भएको झ डपमा घा इँते भएको आफ्ना नेता कार्यकर्ताको तत्काल सम्मानपूर्वक रिहा गर्न सामाजिक लोकतान्त्रिक पार्टीले ध्यानाकर्षण गराएको छ ।

यस विषयलाई बेवास्ता गरे सामाजिक लोकतान्त्रिक पार्टी यसको विरुद्ध कडा आन्दोलनमा उत्रिने विज्ञप्तिमार्फत् चेतावनीसमेत दिइएको छ ।

खोला उत्खनन् गर्ने ठेकेदारले आफ्ना गु ण्डाहरु प्रयोग गरी प्रहरीकै उपस्थितिमा अवैध गतिविधिको विरोध गरिरहेका पार्टीका इञ्चार्जमाथि सां घातिक ह मला गरेको पार्टीको भनाइ छ ।

पार्टीका महासचिव शान्तिराज राईले बुधबार विज्ञप्ति जारी गर्दै सर्दू खोलामा अवैध बालुवा, ढुंगा, गिटी ढुवानी निकासी नरोकिएको समेत बताएको छ । त्यही विषयलाई लिएर पार्टीका केन्द्रीय सदस्य तथा धरान इञ्चार्ज राजेश राईले खोला क्षेत्रमा गएर अवैध गतिविधिको विरोध गर्दा ठेकेदारले गुण्डा लगाई सां घातिक ह मला गरी पूर्ण रुपमा घा इँते बनाएको बताएका छन् ।

सां घातिक ह मला हुँदा पनि प्रहरी टुलुटुलु हेरेर बसेको विज्ञप्तिमा आरोप लगाइएको छ । पार्टीका महासचिव राईले विज्ञप्तिमार्फत् अ पराधिलाई तत्काल पक्राउ गर्न र पार्टीका इञ्चार्जलगयात निर्दोष घा इतेहरुलाई सम्मानपूर्व रिहा गर्न ध्यानाकर्षण गराएको ।

‘यस विषयलाई बेवास्ता गरे सामाजिक लोकतान्त्रिक पार्टी यसको विरुद्ध कडा आन्दोलनमा उत्रिने घोषणा यसै विज्ञप्तिमार्फत् जानकारी गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖