लक्षित समूहबाहेकलाई खोप लगाए कारवाही

कञ्चनपुर,लक्षित समूहबाहेकका व्यक्तिलाई खोप लगाइए जिल्ला प्रशासन कार्यालयले कारवाही गर्ने भएको छ । भेरोसेल खोप ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई लगाउन शुरु गरिएकामा अन्यले पनि लगाएको गुनासो आएपछि प्रशासन कार्यालयले कारवाही गर्ने जनाएको हो। यसबारे जिल्लाका सबै स्थानीय तहलाई खोप लक्षित वर्गका व्यक्तिलाई लगाउन सहयोग गर्न भनिएको छ ।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जिल्ला स्वास्थ्य कार्यालयलाई लक्षित समूहबाहेक अन्य खोप लगाउने व्यक्ति, खोप केन्द्र र केन्द्रका स्वास्थ्यकर्मीको विवरण प्रशासन कार्यालयमा पठाउन निर्देशन दिनुभएको छ । प्रजिअ महतोले जारी गर्नुभएको सूचनामा स्वास्थ्य कार्यालयबाट आएको विवरणका आधारमा कारवाही गरिने उल्लेख गरिएको छ ।

ज्येष्ठ नागरिकसँगै छुटेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, मेडिकल कलेजका विद्यार्थीलाई समेत खोप लगाइने भएपछि गैरलक्षित समूहका व्यक्ति पनि खोप लगाउन पुगेका छन् । गैरलक्षित समूहका व्यक्तिका कारण ज्येष्ठ नागरिक खोप केन्द्रमा खोप लगाउन असहज अवस्था देखिएको छ।

लक्षित समूहका व्यक्तिसँगै उनीहरुका आफन्त पनि केन्द्रमा आउँदा समस्या देखिएको स्वास्थ्यकर्मी बताउँछन् । जिल्लाका सबै स्थानीय तहमा मङ्गलबारदेखि ज्येष्ठ नागरिकलाई खोप लगाउन थालिएको हो । खोप तीन दिनसम्म लगाइने छ ।

पाँच दिनमै लागुऔषधसहित १२ प,क्रा,उ

जिल्लामा लागुऔषधका सेवनकर्ता र कारोवारीलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । पाँच दिनको अवधिमै प्रहरीले १२ जनालाई प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा अधिकांश १८ वर्षदेखि २७ वर्षसम्मका व्यक्ति छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार शनिबार दोधारा चाँदनी र पुर्नवास नगरपालिकाबाट गरी पाँच तथा आइतबार बेलडाँडी गाउँपालिका क्षेत्रबाट दुई जनालाई पक्राउ गरिएको छ । सोमबार शुक्लाफाँटा नगरपालिका–१० झलारी बजार क्षेत्रबाट प्रहरीले लागुऔषध खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ ।

बुधबार भीमदत्त नगरपालिका–४ सुन्दरटोलस्थित बाह्रसिङ्गा होटल एण्ड लजका सञ्चालक भुवन साहु र बेलडाँडी–९ रतनपुर खजुवाका १९ वर्षीय गोपाल ठगुन्नालाई खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेको छ ।

दुवै जनाको साथबाट प्रहरीले १४ ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरेको छ । गत वैशाखदेखि यही जेठ २६ गतेसम्म मात्रै प्रहरीले लागुऔषध सहित ४८ जनालाई पक्राउ गरेको छ । लागुऔषध ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । वैशाखदेखि हालसम्म लागुऔषधका ३० मुद्दा दर्ता भएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।