अब सुन्न सकिने पुस्तक ;शुरुआत गर्दै ‘थुप्रै डट कम’

काठमाडौँ, पुस्तकलाई प्रबिधिसँग जोड्दै यसको उपलब्धताका प्रवद्र्धनमा लागेको ‘थुप्रै डट कम’ले पढ्न सकिने ईबुक र सुन्न सकिने पुस्तकको पनि विकास गरेको छ । ‘थुप्रै डट कम’को वेबसाइट र ‘थुप्रै’ नामक मोबाइल एपबाट यस्ता पुस्तक कम मूल्यमा खरिद गरी सुन्न सकिनेछ ।

सुन्ने पुस्तक विगतमा सिडी, रेडियो, युट्युब लगायतका माध्यमबाट उपलब्ध भए पनि प्रकाशक, लेखक तथा वाचकलाई आफ्नो कृति आधिकारिक रूपमा बजारमा पु¥याउने उपाए थिएन । ‘थुप्रै डट कम’ले शुरुआत गरेको वास्तविक अडियोपुस्तक ९अडियोबुक०को परिकल्पना नेपालमा अडियोबुकको प्रबद्र्धनको लागि कोशेढुङ्गा सावित हुने विश्वास लिइएको छ ।

‘अनलाइन अर्डर’ लिएर घरघरमा पुस्तक पु¥याउने सेवाबाट शुरुआत भएको ‘थुप्रै डट कम‘ले गतवर्षका लकडाउनमा ईबुकको सेवा शुरु गरेको थियो । ‘थुप्रै’का सहसंस्थापक दिपेश आचार्यले यसपटक ‘थुप्रै’ले सुन्न मिल्ने पुस्तकको प्रकाशन र खरिद गर्न मिल्ने व्यवस्था आफ्नो वेबसाइट तथा एपमा थपेको जानकारी दिनुभयो । यसले लेखक, प्रकाशक र वाचक सबैको प्रतिलिपि तथा आर्थिक अधिकार सुनिश्चित गर्नेछ भने पाठकहरूका लागि पनि सहज माध्यम बन्ने विश्वास गरिएको उहाँले बताउनुभयो ।

अडियोबुकले पठन संस्कृतिको विकासमा थप सहयोग पुग्ने बताइएको छ । कामको व्यस्तताले पुस्तक पढ्न चाहे पनि समय निकाल्न नसक्नेका लागि अडियोबुक उपयुक्त हुनेछ । छापिएका पुस्तक किन्नुभन्दा अडियोबुक सस्तो पर्दछ र अनलाइनमाध्यमबाट किन्नासाथ तुरुन्तै सुन्न सकिन्छ ।

कार्यालय आवतजावत गर्दा, गाडी चलाउँदा र बसमा यात्रा गर्दा समयको उपयोग गरेर अडियो पुस्तक आरामले सुन्न सकिने सहव्यवस्थापक आचार्यले जानकारी दिनुभयो । घरायसी काम वा व्यायाममा व्यस्त हुनेहरूको लागि पनि अडियोबुक त्यत्तिकै सुबिधाजनक छ ।

दृष्टिविहीन र आँखाका समस्या भएकाहरूका लागि पनि अडियोबुक उपयुक्त विकल्प हुनसक्दछ । नेपाली भाषा बोल्न र बुझ्न सक्ने तर नेपाली पढ्न र लेख्न नसक्ने आप्रवासी नेपालीका लागि पनि अडियोबुक गज्जबको माध्यम बन्न सक्दछ । अडियो बुकका रूपमा शुरआतमा केही पुस्तक तयार गरिएका छन् । वरिष्ठ कविहरु माधवप्रसाद घिमिरे, ईश्वर वल्लभ, दिनेश अधिकारी, हरिहर अधिकारी ‘श्यामल’ दुर्गालाल श्रेष्ठ, बैरागी काइँला, तुलसी दिवस, तोया गुरुङ, राजेन्द्र शलभ, विष्णुविभु घिमिरे, सुजीव शाक्य र जीवनकुमार प्रसाईं लगायतले आफ्नै आवाजमा आफ्नो कृतिको वाचन गर्नुभएको छ ।

रेडियोकर्मी खगेन्द्र नेपाली र अच्युत घिमिरेको आवाजमा सिद्धिचरण श्रेष्ठ, विश्वेश्वरप्रसाद कोइराला, रमेश विकल, डायमनशमशेर राणा, नारायण वाग्ले, जीवा लामिछाने, लैनसिंह बाङ्देल, दुबसु क्षेत्री र गणेश राईका कृति पनि उपलब्ध छन् ।

‘थुप्रै’ले यो सेवा नेपालय, दृश्य, कथालय, किताब पब्लिसर्स, सांग्रिला बुक्स, फिनिक्स बुक्स, बुल्बुल पब्लिकेशन, अक्षर क्रिएशन लगाएतका प्रकाशन गृहसँगको सहकार्यमा शुरु गरेको जनाइएको छ । यस सहकार्यलाई अगाडि बढाउँदै निरन्तररुपमा नयाँ अडियोबुक थप्दै जाने योजना रहेको ‘थुप्रै’का सहसंस्थापक आचार्यले जानकारी दिनुभयो । उहाँले हाललाई प्रति अडियोबुक एक सय रूपियाँको हाराहारी पर्ने जानकारी दिनुभयो ।

नेपालमा रहेका पाठकहरुले स्थानीय अनलाइन भुक्तानी सेवा वा अनलाइन बैंकिगमार्फत अडियोबुक खरिद गर्न सक्नेछन् भने विदेशमा रहेका पाठकहरुले पनि विभिन्न अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीका माध्यमबाट खरिद गर्न सक्नेछन् । यसरी खरिद गरेको अडियोबुक आफ्नो स्मार्टफोन वा कम्पुटरबाट सुन्न सकिने छ । यात्राको बेला ब्लुटुथ वा एण्ड्रोइड अटोको माध्यमबाट आफ्नो सवारी साधनमा पनि अडियोबुक सुन्न सकिनेछ अडियोबुक ‘थुप्रै’को वेबसाइट र ‘थुप्रै’ मोबाइल एपमार्फत उपलब्ध छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।