कर्णाली प्रदेश नीति तथा कार्यक्रम ः ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी

कर्णाली,कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । प्रदेशसभाको आठौं अधिवेशनको छैटौं बैठकमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नीति तथा कार्यक्रम आज प्रस्तुत गर्नुभएको हो ।

कर्णालीको दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्दै सामाजिक, आर्थिक न्यायसहितको विकासका लागि ‘स्वास्थ्य, शिक्षा, उत्पादन र रोजगार, दिगो विकास र समृद्धिको लागि पूर्वाधार’ भन्ने मूल ध्येय लिइएको सरकारको नीति तथा कार्यक्रमले स्वास्थ, शिक्षा, कृषि, रोजगारी, गरिबी अन्त्य र पूर्वाधार विकासलाई जोड दिएको छ ।

प्रदेश प्रमुख कलौनीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा कर्णाली प्रदेश सरकारले ‘हामी महामारीलाई जित्छौँ’ भन्ने आत्मविश्वासका साथ जनताको स्वास्थ्यलाई उच्च प्राथमिकता दिइ स्वास्थ्य परीक्षण, उपचार, उपकरण, औषधि, जनशक्ति र पूर्वाधारसमेत व्यवस्थापनका कार्यहरू प्रभावकारी रुपमा अगाडि बढाउने नीति लिएको छ ।

कर्णाली प्रदेशको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’ को दीर्घकालीन सोच हाँसिल गर्न प्रथम पञ्चवर्षीय योजनाले लिएका लक्ष्य, उद्देश्य, प्राथमिकता तथा रणनीतिहरू कार्यान्वयन गर्दै गरिबी निवारण र आर्थिक–सामाजिक रुपान्तरणसहितको समानुपातिक समावेशी विकास लक्ष्य विन्दुमा पुर्याउने दिशामा आगामी कार्यक्रमहरू केन्द्रीत रहेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेश प्रमुख कलौनीले नीति तथा कार्यक्रम प्रस्तुत गरेसँगै सो नीति माथि आज नै छलफल हुने सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो । बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।