खुवालुङ ढुङ्गा संरक्षण गर्दै जल यातायात सञ्चालन गरिनेछ : मन्त्री नेम्वाङ

काठमाडौँ, जेठ ३० गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कोशी नदीमा रहेको खुवालुङ ढुङ्गा नचलाइकन त्यहाँको जल यातायात सुचारु गर्ने गरी योजना बनाइएको बताउनुभएको छ ।
मन्त्रालयअन्तर्गतका विभाग र कार्यालयको वार्षिक समीक्षा कार्यक्रमको अन्तिम दिन आज उहाँले कतिपयले खुवालुङ ढुङ्गाको विषयमा राजनीति गर्न खोजेको उहाँको आरोप लगाउँदै सो क्षेत्रमा जल यातायात सञ्चालनका लागि मार्ग (रुट) निर्माण गर्दा त्यहाँका ढुङ्गा ध्वस्त गर्न नखोजिएको स्पष्ट गर्नुभयो ।

प्रदेश नं. १ सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ढुङ्गाको संरक्षणलाई कार्यक्रममा राखेको छ । उहाँले भन्नुभयो, “त्यो रुटमा जल यातायात चलाउने विषयमा विवाद गर्नुपर्ने ठाउँ छैन ।”
मन्त्री नेम्वाङले कोभिड सङ्क्रमण कम हुनासाथ जनकपुर–जयनगर रेल सञ्चालन गरिने भएकाले सबै तयारी पूरा गर्न नेपाल रेल्वे कम्पनीलाई निर्देशन दिनुभएको छ । रेलमार्ग निर्माण सकिएर रेल खरिद गरिएको, जनशक्ति तयार भएको र कानुन निर्माण भइसकेकाले अब सञ्चालनका लागि समस्या नभएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “सरकारले गर्नुपर्ने सबै किसिमको सहजीकरण गरिसकेको छ ।” मन्त्री नेम्वाङले रेलमार्ग निर्माणमा विभिन्न स्थानमा जग्गा मुआब्जाको समस्या देखिएकामा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा समाधान खोज्न रेल विभागलाई निर्देशन दिनुभएको छ । रेल सञ्चालन हुन लागेको स्थानसम्म अस्थायी रुपमा भएपनि पहुँच सडकको निर्माण अघि बढाउनुपर्नेमा उहाँको जोड छ । उहाँले गत आवमा धेरै चालक अनुमतिपत्र छापिएको भएपनि चालु आवमा कार्ड नभएकाले नछापिएको बताउनुभयो ।

मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले निषेधाज्ञा खुलेको एक-दुई सातामा नै रेल सञ्चालन गर्न सबै तयारी पूरा गनुृपर्ने बताउनुभयो । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले कम्पनीले आवश्यक फर्निचर खरिदलगायत कार्यालय सञ्चालनको तयारी पूरा गरिसकेको बताउनुभयो ।
रेल विभागकी महानिर्देशक प्रमिलादेवी बज्राचार्यले कोभिडका कारण रेलमार्ग निर्माण गरिने स्थानमा मुआब्जाको समस्या समाधान गर्न नसकिएको बताउनुभयो । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले कार्डको अभावले चालु आवमा थोरै सङ्ख्यामा मात्रै चालक अनुमतिपत्र छाप्न सकिएको बताउनुभयो ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖