स्कारपियो गाडीको ठक्करबाट घाईते भएका पैदल यात्रीको मृ त्यु
सुनसरी, असार २३ । सुनसरी धरान उपमहानगरपालिका ८ सिद्धकाली चौंक स्थित कोशी राजमार्गमा इटहरीतर्फ आउदै गरेको वा१३च ३०८३ नम्बरको स्कारपियो गाडीले ठक्कर दिई घाईते भएका पैदल यात्रीको मृ त्यु भएको छ ।
मृ त्यु हुनेमा सोही स्थानका ५४ बर्षीय डिक प्रसाद वास्तोला रहेका छन् ।
हिजो दिउसो १ बजे स्कारपियोको ठक्करबाट घाईते भएका बास्तोलाको घोपा धरानमा उपचारको क्रममा हिजो राती पौने १२ बजे मृ त्यु भएको थियो ।
स्कारपियो र चालक मोरङ वेलबारी ५ का ३६ बर्षीय बुद्ध शेर्पा ईलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेको छ ।


