मोटरसाईकल दुर्घटनाबाट वडा सदस्य राईको मृ त्यु
ईलाम,असार-३१ । इलाम माङसेबुङ गाँउपालिका-४ मार्चेबुङ बस्ने ३६ बर्षीय धन बहादुर राईको मोटरसाईकल दुर्घटनाबाट मृ त्यु भएको छ ।
हिजो दिउसो ४ बजे मार्चेबुङ वडा नम्बर-४ का वडा सदस्य समेत रहेका राई कार्यालयबाट मे ८ प ६०४ नम्बरको मोटरसाईकलमा घर तर्फ आउदै गर्दा रतुवा पुल नजिक मोटरसाईकल आफै अनियन्त्रिय भई सेतेभिरबाट अन्दाजी १०० मिटर तल झरी दुर्घटना हुदा उनि उम्भीर घा ईते भएका थिए ।
टाउकोमा चो ट लागी गम्भीर घा ईते भएका वडा सदस्य राईको बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती पौने १० बजे मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।


