मोरङ कांग्रेसले डायनियामा वीपी जयन्ती मनायो

विराटनगर । नेपाली कांग्रेस मोरङले डायनियास्थित वीपी सेवा केन्द्रमा वीपी जयन्ती मनाएको छ । सेवा केन्द्र परिसरमा वृक्षारोपण गर्नुका साथै वीपीले देखाएको लोकतान्त्रिक समाजवादको बाटोको विषयमा छलफल गरिएको थियो ।

पार्टीका जिल्ला सभापति डिकबहादुर लिम्बूले कांग्रेसको १४ औं महाधिवेशनको नजिकिएको सन्दर्भमा वीपी विचारको महत्व अझ बढेको चर्चा गरे । लिम्बूले भने,“जसले नयाँ विचार दिन सक्छ, बेरोजगार युवाको समस्या समाधान गर्ने र विकास दिन सक्नेलाई पार्टीको नेतृत्वमा लैजानु पर्ने आजको आवश्यकता हो ।” अहिलेको परिस्थितिमा वीपीले स्थापित गरेका मान्यताहरु थप महत्वपूर्ण भएको लिम्बूले बताए ।

पूर्वमन्त्री दिलिप गच्छदारले कांग्रेसले नै अबको नेतृत्व लिएर जनहितमा काम गर्नुपर्ने बताउँदै भने,“नयाँ संविधान कार्यान्वयन र गणतन्त्रको संस्थागत विकास अब कांग्रेसको नेतृत्वबाट सहज बन्नेछ ।” पार्टीका जिल्ला उपसभापति शिवनारायण सिंह गन्गाईले कांग्रेस लोकतन्त्रको पर्याय भएको बताए । वीपीले प्रतिपादन गरेका सिद्धान्तलाई व्यवहारिक रुपमा लागू गर्दै लैजानु कांग्रेसजनको पहिलो जिम्मेवारी भएको उनको जोड थियो ।

त्यस अवसरमा सेवा केन्द्रका नागेश्वर सिंहसहितका वक्ताले वीपीको विचारबाट कांग्रेस पछि हट्न नहुने बरु व्यवहारिक रुपमा कार्यान्वयन गर्दै लैजानु पर्ने सुझाव दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।