शिरमा ढाका टोपी निधारमा रातो टीका, भारत जाने भन्छन् – रो’गको भन्दा भोकको चिन्ता !
महेन्द्रनगर– शिरमा ढाका टोपी, निधारमा रातो टीका अनि मलिन अनुहार लिएर भारतको देहरादुन मजदुरीका लागि जान हिँडेका बझाङ थलाराका ५४ वर्षीय देवराज उपाध्याय मङ्गलबार दिउँसो कञ्चनपुरको गड्डाचौकीमा भेटिए ।
को’रोना सङ्क्रमण बढ्दा दुई महिनाअघि मात्रै स्वदेश फर्किएका उपाध्यायको आर्थिक अवस्थाले पुनः भारत जाने बा’ध्यता आइलाग्यो । ‘घरमा आयआर्जन केही छैन्’, ग’ड्डाचौकीबाट सीमावर्ती भारतीय बजार बनबासा जाँदै गरेका उपाध्यायले भने, ‘को’रोनाको ड’र मानी क्यार्नु, परानी कसरी पाल्नु घर बसी ?’
उनले परिवारका सदस्यको सहमतिमा को’रोना त्रा’सका बीच आफू रोजगारीका लागि भारत जान हिँडेको बताए । ‘घरमा जीविका चलाउन गाह्रो भएपछि परिवारका सदस्यले नै यहाँ बसेर कसरी खर्च चल्छ भने’, उनले भने, ‘हामीलाई त को’रोना भन्दा भोकले मर्ने स्थिति आइलाग्यो ।’
उपाध्यायसित दे’हरादुन जान हिँडेका गाउँका अन्य तीन युवा समेतसँगै थिए ।त्यसैगरी कक्षा ८ मा पढ्ने १५ वर्षीय छोरा उपेन्द्र बटालासहित ३६ वर्षीया गर्वा बटाला पनि भारतको सिमला जाँदै थिए । ‘कोरोनाले स्कुल बन्द भएपछि दुईरचार महीनाको कमाइले घरखर्च त चल्ला भनेर दुई छोरी छाडेर सिमला जाँदैछु’ ।
यहाँको बे’दकोट नगरपालिका–३ दैजीका बटालाले भने, ‘श्रीमान् नौ वर्षअघि बि’त्नुभयो, छोराछोरीको छाक टा’र्न भारत जानु नियति नै हो ।’ बटालाले गाउँका मान्छेसितको साथमा सिमला जान लागेको बताए ।‘सिमलामा पनि सजिलो काम छ भनेर गाउँलेले बोलाएपछि त्यहाँ जान हिँडेका हौँ’,
उनले भने, ‘को’रोनाको ड’र मानेर के गर्नु, खान त चाहियो नी ।’ उनले आफूसित दैजीमा घरबासका लागि आधा कठ्ठा जग्गा मात्रै भएको बताए । दैजीको शारदा माविमा पढ्ने उपेन्द्रले परिवारको आर्थिक समस्याले आफू पनि भारत जान लागेको बताए ।
‘हाम्रो गाउँका धेरै विद्यार्थी अहिले स्कुल बन्द हुँदा भारत मजदुरीका लागि गइरहेका छन्’, उनले भने, ‘आमा यहाँ हुँदा अरुको घर, इँटाभट्टामा काम गरेर छाकको जोहो गर्नुहुथ्यो ।’ गत चैतमा को’रोनाको दोस्रो लहरले भारत आक्रान्त भएपछि स्वदेश फर्किएका नेपाली पुनः रोजगारीका लागि भारत जान थालेका छन् ।
सुदूरपश्चिमेलीको रोजगारीको प्रमुख गन्तव्य सदियौँदेखि भारत हो । चाडपर्व र खेतीबारीका बेला स्वदेश फर्किने तथा अरुबेला भारतमा रोजगारी गर्ने यहाँका स्थानीयवासीको परम्पराको रुपमा विकास हुँदै गएको थियो । पछिल्लो समय को’रोना कहरमा सुदूरपश्चिमका मात्रै करीब दुई लाख भन्दा बढी नागरिक स्वदेश फर्किएको तथ्याङ्क छ ।
त्यसैगरी दैजीकै १६ वर्षीय हिक्मत धामी को’रोनाको सङ्क्रमणका बीच भारतको सि’मला हिँडेका छन् । ‘बुबा सानैमा भारतको बैङ्लोरमै बित्नुभयो’, धामीले भने, ‘को’रोनाको अवस्था सामान्य बन्दै स्कुल खुलेपछि फर्किने योजनामा छु ।’ धामी पनि कक्षा ८ मा पढ्ने विद्यार्थी हुन् ।
त्यस्तै भारतको पिथौरागढ मजदुरीका लागि जान हिँडेका सुर्खेतका ५५ वर्षीय प्रेमबहादुर खत्रीको व्य’था पनि उस्तै छ । एक दशकदेखि मजदुरीका लागि भारत आउनेजाने गरेका खत्री को’रोनाको दोस्रो लहरबीच गत वैशाखमा आफू घर फर्किए पनि पुनः त्रासकाबीच भारत जानु बा’ध्यता भएको बताउँछन् ।
‘उत्तराखण्डमा को’रोनाको सङ्क्रमण कम छ भन्छन्, त्यही भएर पिथौरागढमा सडक निर्माणको काममा जान हिँडेको’, उनले भने, ‘आफू र परिवारको भो’क टा’र्न बा’ध्यताले जानै पर्यो ।’ खत्रीसँगै भारत जान लागेका सूर्य गुरुङले आफूहरु दुःखले मुग्लान जान लागेको पीडा सुनाए ।
‘घरपरिवारसित बस्ने रहर त कस्लाई पो हुन्न र रु’, उनले भने, ‘सरकारले को’रोनाबाट प्रभावितलाई रोजगारी दिने आशा थियो, त्यो त गफ मात्रै रहेछ ।’ को’रोना क’हर पुनः बढिरहेका बेला यहाँका शैक्षिक सङ्घ(संस्था बन्द हुँदा आर्थिक अवस्था कमजोर भएका विद्यार्थी अभिभावकसित भारत जाने क्रम बढेको छ ।
‘हाम्रो त सरकारी स्कुल अनलाइन कक्षा पनि पढाइ हुदैन’, उपेन्द्रले भने, ‘दुई महीना पनि भारतमा काम गरे केही समय खानलाई त आउला भनेर जान लागेको हुँ ।’ विद्यालयमा अध्ययन निःशुल्क भए पनि घरमा छाक टार्न आमाले गर्ने सङ्घर्ष सम्झिँदै भावुक बनेका उनले भने, ‘आमाले मजदुरी गरिनन् भने घरमा चुल्हो नै बल्दैन् ।’
ग’ड्डाचौकीस्थित थ्री एन्जल्स नेपालका संयोजक बेलु वादी लकडाउन सामान्य बन्दै गएपछि महिला र बालबालिका पनि भारत जाने क्रम बढेको बताउँछन् । ‘असार १५ गतेयता मात्रै हामीले सातजना उमेर नपुगेका बालबालिकालाई नाकामा रो’केर परिवारसँग पुनःमिलन गरायौँ’,
उनले भने, ‘महिला पनि पछिल्लो समय रोजगारीका लागि भारत जाने क्रम ह्वात्तै बढेको छ ।’उनले बन्दाबन्दीमा पनि महिला तथा बालबालिका बे’च’बि’ख’नको जो’खिम बढेको जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले को’रोनाको च’रम अवस्थामा नेपाल–भारतमा आवागमन खुकुलो भएसँगै रोजगारीका लागि भारत जाने क्रम बढेको बताए ।
सुदूरपश्चिमका सीमा’नाकामा सबैभन्दा बढी कञ्चनपुरको पूर्वी गौ’रीफन्टा नाकाबाट भारत जानेको चाप बढेको प्रहरीको भनाइ छ । मङ्गलबार ग’ड्डाचौकीबाट ४४३ र गौ’रीफन्टाबाट एक हजार ४२३ व्यक्ति भारत गएको प्रवक्तासमेत रहेका न्यौपानेले बताए ।
पछिल्लो समय गड्डाचौ’की नाकाबाट भारत जानेका लागि भारतीय सुरक्षा निकायले पनि सहज बनाएको छ । केही समयअघिसम्म यो नाकाबाट भारत जान को’रोना परीक्षण रिपोर्ट अनिर्वाय गरेपछि भारतीय पक्षले नागरिकता र आधार कार्डका आधारमा भारत जान दिएको छ । रासस


