गँवारोले मर्न थाले धानको गुभो

टीकापुर,कैलालीका किसानले लगाएका धानखेतीमा गँवारो रोगको प्रकोप देखिएको छ । गँवारो किराको प्रकोपले धानका गुभो मर्न थालेपछि किसान चिन्तित बनेका छन् । टीकापु–र ६ का सन्दिप चौधरीको दुई बिघा क्षेत्रफलमा रहेका धानखेतीमा गँवारोेको समस्या देखिएको छ ।

उहाँको खेतमा धानका गुभो मर्दै गएपछि उहाँ चिन्तित हुनुभएको छ । किराले पुरै खेतको धानको गुभो मर्दै गएको टीकापुर वनगाउँका किसान बुद्धिराम चौधरीले बताउनुभयो । “दुई हेक्टर क्षेत्रफलमा किराको प्रकोप देखापरेको छ”, उहाँले भन्नुभयो, “प्राविधिकसँग सल्लाह लिएर आए । यति मेहनत गरेर लगाएको खेतमा यसरी रोग फैलिए उत्पादन बढी लिन सकिँदैन । यो रोगले धानको बोट नै नोक्सान गर्छ ।”

गँवारो धानमा लाग्ने एक प्रमुख शत्रुजीव किरा हो । धानमा गाँज आउनेदेखि लिएर फूल फुल्ने वा बोटको वयस्क अवस्थासम्म यसले आक्रमण गरी वर्षेनी ठूलो क्षति पु¥याउने गरेको किसानको गुनासो छ ।

किराको प्रकोप तीव्ररुपमा फैलने भएकाले धानका बोट केही दिनमा नष्ट हुने गरेका किसान वीरबहादुर चौधरीले जानकारी दिनुभयो । “ किराको सङ्क्रमणले अहिले धानको बोट मर्दै गएका छन्, यसरी बोट नै मरेमा उत्पादन लिनसक्ने कुरै हुँदैन”, उहाँले भन्नुभयो, “अब खेती गर्न धेरै मेहनत गर्नुपर्छ । धेरै दिनपछि सिँचाइ गरौँ भनी खेतमा छिर्दा धानका बोट किराले काटेर सखाप पारेको रहेछ ।”

धानमा पहेंलो गवारो, सेतो, छिर्के, गोल्ड–फ्रिन्ज्ड, कालो टाउके छिर्के र कलेजी रंगको ट्टट्ट गरी छ किसिमका गँवारो किराले धानमा आक्रमण गर्ने कृषि विज्ञ बताउँछन् । धानको बिरुवा÷बेर्ना अवस्थादेखि परिपक्व अवस्थासम्मको धानमा गँवारोले आक्रमण गर्न सक्छ । धान खेतमा रासायनिक मलको कमी, पानीको कमी र सुक्ष्म तत्वको कमीले किराको सङ्क्रमण सहजै फैलने गरेको टीकापुर नगरपालिका कृषि शाखाका प्राविधिक केशव भट्टले जानकारी दिनुभयो ।

“गँवारो किराको सङ्क्रमण देखिँदा किसानले समयमा ध्यान दिए रोकथाम गर्न सक्छन् । यसका लागि रासायनिक विषादीको प्रयोग तथा सुक्ष्म तत्वको प्रयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो, “धान खेतमा किराको प्रकोपले वर्षेनी धान उत्पादनमा कमी हुने गर्छ । त्यसैले किसानले ध्यान दिन जरुरी छ ।”

कैलाली धानखेतीमा आत्मनिर्भर जिल्ला हो । जानकी गाउँपालिका कृषि शाखा प्रमुख लालवीर चौधरीका अनुसार कैलालीमा ७७ हजार १०८ हेक्टर जमिनमा धानखेती गरिन्छ । तीन लाख २३ हजार ५०० हेक्टर जमिन रहेको जिल्लामा ८९ हजार ९३५ हेक्टर खेतीयोग्य जमिन छ । “धानखेतीका लागि कैलाली उर्वर भूमिका रूपमा रहेको छ ।

वर्षेनी जग्गा प्लटिङ, घर निर्माणजस्ता कार्यले खेतीयोग्य जमिन घट्दै गएको छ”, उहाँ भन्नुहुन्छ, “अर्कोतर्फ विभिन्न रोग तथा प्रकोपको समयमा उपचार गरिएन भने उत्पादन बढी लिन सकिँदैन । त्यसैले किसानले मलखाद, आवश्यक सुक्ष्म तत्व र सिँचाइमा ध्यान दिन आवश्यक हुन्छ ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖