मोटरसाइकलको ठक्करबाट पहिचान नखुलेको ब्यक्ति घाईते
मोरङ । गत साउन १४ गते मौटरसाइकलले एक ब्यक्तिलाई ठक्कर दिंदा घा’इते भएका छन् ।

मोरङ विराटनगर महानगरपालिका वडा नं.-११ स्थित महेन्द्र चोकमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को ८ प ५३३९ नं.को मोटरसाईकलले उक्त अजात ब्यक्तिलाई ठक्कर दिएको हो ।
घाइतेको हाल नोवेल अस्पताल विराटनगरमा उपचार भई रहेकोले प्रहरीले जनाएको छ ।
साथै घाइतेको हुलिया अनादाजी ६०/६२ बर्षको देखिने पुरुष,कपाल सेतो,गहुंगोरो बर्ण,उंचाई ५ फिट ४ इन्च र बैगुनी कलरमा सेतो धर्के सर्ट, पहेलो कलरको भेष्ट, निलो हाफ्पेन्ट लगाएको सार्बजनिक गर्दै आफन्तजनले जिल्ला प्रहरी कार्यालय मोरङमा सम्पर्क राख्नु हुन पनि प्रहरीले अनुरोध गरेको छ ।


