मुख्यमन्त्री कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत निःशुल्क सोलार वितरण

मान्म, १८ साउन । मुख्यमन्त्री कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत कालीकोटको महावै गाउँपालिका वडा नं १ र २ मा निःशुल्क सोलार वितरण गरिएको छ । दुई वडाका अतिविपन्न ५० परिवारलाई सौर्य ऊर्जामार्फत विद्युत्को पहुँच पु¥याउन सोलार वितरण गरिएको हो ।

कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत गाउँपालिकाका दुई वडामा सौर्य ऊर्जामार्फत सोलार वितरण गरिएको वडा नं २ का वडाध्यक्ष गौकला सिंहले बताउनुभयो । “मुख्यमन्त्री कर्णाली उज्यालो कार्यक्रममार्फत गाउँका अति विपन्न परिवारलाई सोलार वितरण गरिएको छ”, उहाँले भन्नुभयो, “उज्यालोमा बस्न नपाएका नागरिकले सौर्य ऊर्जामार्फत उज्यालो पाउने छन् ।”

प्रदेश सरकारले २०७६ देखि कर्णालीका हिमाली तथा विद्युत् नभएका क्षेत्रमा विद्युत्को पहुँच पु¥याउनका लागि मुख्यमन्त्री कर्णाली उज्यालो कार्यक्रम सञ्चालन भएको गाउँपालिकाका अध्यक्ष नन्दबहादुर ंिसंहले बताउनुभयो । “यो कार्यक्रमअन्र्तगत उज्यालो नपुगेका क्षेत्रमा उज्यालो बनाउने लक्ष्य राखिएको छ”, उहाँले भन्नुभयो, “त्यसैको आधारमा निःशुल्क सोलार वितरण गरिएको हो ।”

प्रदेश सरकारले उज्यालो कार्यक्रम कार्यान्वयनका लागि वैकल्पिक ऊर्जा प्रवद्र्र्धन केन्द्रले निःशुल्क दिने र त्यसको रकम प्रदेश सरकारले नै बेहोने गरेको अध्यक्ष सिंहले बताउनुभयो । अहिले कर्णालीका झण्डै ३६ प्रतिशत बासिन्दा अँध्यारोमा छन् । सैतीस प्रतिशतले नवीकरणीय ऊर्जाबाट केही उज्यालो पाएका छन् भने २७ प्रतिशत जनसङ्ख्या मात्र राष्ट्रिय प्रसारण लाइनको पहुँचमा छ । अझै पनि कर्णालीका ४० स्थानीय तहमा विद्युत् सुविधा नपुगेको तथ्याङ्क छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।