धनकुटाका ३ सहित ६ नक्कली परिक्षार्थी पक्राउ
विराटनगर । १ नं. प्रदेश प्रहरी तालिम केन्द्र रानी, विराटनगरमा संचालित प्रहरी जवान पदको परीक्षामा सहभागी नक्कली परिक्षार्थी सहित ६ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान अगाडी बढाईएको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा जिल्ला भोजपुर पौवादुङ्मा गाउँपालिका वडा नं.-६ बस्ने बर्ष २३ को सुर्य राई भन्ने व्यक्तिले प्रहरी जवान पदमा नयाँ भर्ना गराई दिन्छु भनि जिल्ला भोजपुर पौवादुङ्मा गाउँपालिका वडा नं.-६ बस्ने बर्ष २२ को संगम राईबाट नगद रू.१,१८,०००।- (एकलाख अठार हजार), जिल्ला भोजपुर पौवादुङ्मा गाउँपालिका वडा नं.-६ बस्ने बर्ष १९ को सागर राईबाट नगद रू १,१८,०००।- (एकलाख अठार हजार) र जिल्ला धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं.-८ बस्ने बर्ष १९ को सरोज राईबाट नगद रू. २,००,०००।- (दुईलाख) लिएको खुल्न आएको र उक्त कार्यमा संलग्न ६ जनालाई १ नं. प्रदेश प्रहरी तालीम केन्द्र रानी विराटनगरले पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाईएकोमा शिक्षा ऐन २०२८ को दफा १७ को १ (क) बमोजिम परीक्षा सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय मोरङबाट दिन ५ को म्याद लिई थप अनुसन्धान कार्य भई रहेको ।
पक्राउ पर्नेमा भोजपुर पौवादुङ्मा गाउँपालिका वडा नं.-६ बस्ने बर्ष २३ को सुर्य राई,सोही जिल्ला पौवादुङ्मा गाउँपालिका वडा नं.-६ बस्ने बर्ष १९ को सागर राई,भोजपुर पौवादुङ्मा गाउँपालिका वडा नं.-६ बस्ने बर्ष २२ को संगम राई ,घनकुटा साँगुरीगढी गाउँपालिका वडा नं.-८ बस्ने बर्ष १९ को सरोज राई,धनकुटा शहिदभूमि गाउँपालिका वडा नं.-३ बस्ने बर्ष २१ को खपाङ राई ,धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं.-८ बस्ने बर्ष २७ को राज कुमार राई रहेको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।
यो पनि पढ्नुहोस्…
धनकुटामा पु:न निशेधाज्ञा थप
धनकुटा। आज बसेको जिल्ला कोभिड ब्यवस्थापन समिति धनकुटाको बैठकले साउन ३२ गते राती १२ बजेसम्म जिल्ला भर लागु हुने गरि निशेधाज्ञा समय थप गरेको छ ।
यस अघि आज राती १२ बजे सम्म लाई मात्र लागु गरिएको निषेधाज्ञालाई थप गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
खाद्यन्न,तरकारी, फलफूलका पसलहरु खोल्न कुनै समय सीमा तोकिएको छैन । त्यसैगरि पुस्तक तथा पत्रपत्रिका पसलहरु पनि स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गरि सन्चालन गर्न पाइने छ ।
बैंक तथा वितिय संस्थाहरु नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सेवा प्रदान गर्ने साथै २४ घण्टा एटीएम सेवाहरु खुल्ला रहनेछन् ।
विद्यालय, हाटबजार, सिनेमाहल लगायतका भिडभाड हुने अन्य संघ संस्थाहरु भने बन्द रहने छन् । खुला रहने स्थानहरु समेत संचालन गर्दा पूर्ण रुपमा स्वाथ्य मापदण्डको पालना भने अनिवार्य गर्नु पर्ने छ ।
त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय बल्खु,राष्ट्रिय परिक्षा बोर्ड,बुढानिलकण्ठ स्कुलबाट छात्रबृति छनौट परिक्षा,CTEVT द्वारा सन्चालित परिक्षा र लोकसेवा आयोगद्वारा सन्चालित परिक्षाहरु नेपाल सरकारले तोकेका कोभिड सम्बन्धी जनस्वास्थ्यका मापदण्ड पालना गरि सन्चालन गर्न पाइने जनाइएको छ ।


