अटोलाई रुखले कि’च्दा महिलाको मृ’त्यु, पाँच घा’इते
उदयपुर । उदयपुरमा अटोलाई रुखले कि’च्दा एक जनाको मृ’त्यु भएको छ । जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर ७ अधेरी झरना नजिकै केही समयअघि रुख लडेर पार्कीङ गर्न राखिएको अटोलाई किच्दा भएको दु’र्घटनामा अन्य पाँच जना गम्भीर घा’इते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता बेदप्रसाद गौतमका अनसार घटनामा कटारी नगरपालिका वडा नम्बर ४ की २८ वर्षिय निशा मगरले घटनास्थलमै ज्यान गुमाएकी हुन् । सोही अटोमा सवार श्रीमान श्याम दनुवारसहित पाँचै जनाको अहिले कटारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पूर्व–पश्चिम मदन भण्डारी लोकमार्ग सडक देखि दाँयातर्फ रहेको आन्तरिक पर्यटनको आकर्षण रहेको ठाउँ अधेरी झरना छिर्नका लागि सडक छेउमा अटो पार्किङका लागि राखिएको थियो । प्र.२–०१–००१ ह ०५६० नम्बरको अटो र स १० प ३२७२ नम्बरको मोटरसाइकलमाथि भित्ताबाट लडेको रुख बजारिएको प्रहरीले जनाएको छ ।


