गरिखाने कार्यक्रम ७७ जिल्लमा नै संचालन गरी सवै नागरिकलाई खरिखाने बनाउने

काठमाण्डौ । सवै राजनितिकर्मीहरुलाई गरिखाने बनाउदै सवै नागरिकलाईनै गरिखाने बनाउने लगानी पूर्वाधार रोजगार दृष्टिकोण एवं दिगो बिशेष समितिले आज ललितपुरको समिट होटलमा आयोजना गरेको राष्टिय स्तर कार्यशाला गोष्ठी कार्यक्रममा समितिका संयोजक लगायत सदस्यहरुले वताउनु भयो ।

नेपाली कांग्रेसका जिल्ला सभापतीहरु र पदाधिकारीहरु सहभागी भएको उक्त राष्टिय स्तरको कार्यक्रममा नेपाली कांग्रेस लगानी पूर्वाधार रोजगार दृष्टिकोण बिशेष समितिका संयोजक लगायत सदस्यहरुले अव सवैलाई उद्यम व्यावसायमा लगाएर खरीखाने बनाउने वताउनु हो ।

कार्यक्रममा विशेष समितिका संयोजक तथा सफल वरिष्ठ उद्यमी सांसद बिनोद चौधरीले कांग्रेसलाई बलियो बनाउन सवै कांग्रेसजनहरुलाई समक्ष बनाउन सवैलाई व्यावसायी बनाउने वताउनु हुदै सवै राजनैतिक कर्मी सक्षम र सफल भए मात्र राजनिति प्रति सम्मान हुने वताउनु भयो ।

स्वास्थ्य राज्य मन्त्री तथा विशेष समितिका सह संयोजक उमेश श्रेष्ठले सफल राष्ट बनाउन सवै नागरिकहरुलाई खरीखाने कार्यक्रममा जोड्ने वताउनु भयो ।

पूर्व मन्त्री तथा संविधान सभा सदस्य बिशेष समितिका सह संयोजक दिपक खड्काले सवै नेता तथा कार्यकर्ताहरुलाई सक्षम बनाउन अव सवै जिल्लामा गरीखाने कार्यक्रम संचालन गर्ने वताउनु भयो । पूर्व राज्य मंन्त्री तथा बिशेष समितिका सहसंयोजक इन्द्र बानियाले गरिखाने चाहने सवैका लागी गरीखाने कार्यक्रमले सहयोग गर्ने वताउनु भयो ।

कार्यक्रममा बिशेष समितिका सदस्य जिप छिरिङ्ग लामा,नेपाली कांग्रेस तेह्थुम जिल्लाका सभापती गोविन्द्र ढुंगाना,संखुवासभाका सभापती दिपन श्रेष्ठ,ललितपुरका सभापती मदनमान अमात्य,डडेलधुराका सभापती कर्ण मल्ल,ओखलढुंगानका सभापती प्रदिप सुनुवार,खोटाङ्गका सभापती नरेश श्रेष्ठ,भाmपाका पूर्व उपसभाती देउमान थेवे,नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,राजेश्वर वहादुर श्रेष्ठ लगायत ४९ जिल्लाका नेपाली कांग्रेसका सभापतीहरु र पदाधिकारीहरुले गरिखाने खाने कार्यक्रम संभावना ,अवसर रहेकाले यसलाई सवै जिल्लामा कार्यन्वयन गर्नु पर्ने वताउनु भयो ।

कार्यक्रममा गरिखाने कार्यक्रमका सि ओ योगराज कडेल शर्माले गरिखाने कार्यक्रमको वारेमा प्रस्तुती गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖