करेन्ट लागेर लिम्बुको मृ त्यु

सुनसरी, श्रावण-३२ । सुनसरी ईटहरी १७ लबिपुर स्थित अंकित बडि ग्यारेजका मजदुरको करेन्ट लागेर मृ त्यु भएको छ । मृ त्यु हुनेमा ताप्लेजुङ मेरिङ्डा गाऊपालिका ४ घर भई हाल सोही ग्यारेजका मजदुर ४० बर्षीय राम कुमार लिम्बु रहेका छन् ।

हिजो बेलुका पौने ६ बजे गाडीको बडी बनाउने क्रममा करेन्ट लागी ग म्भिर घा ईते भएका लिम्बुको एपेक्स अस्पताल ईटहरीमा उपचारको क्रममा साढे ६ बजे मृ त्यु भएको हो ।

घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय पकलीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस्…

जनसांस्कृतिक महासङ्घको प्रशिक्षण

काठमाडौँ, ३२ साउन (रासस) : नेकपा (एमाले) को जनसङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासङ्घले पछिल्लो राजनीतिक घटनाक्रम तथा भावी सांस्कृतिक रूपान्तरणको कार्यसूचीबारे आफ्ना नेता–कार्यकर्ता र शुभेच्छुक संस्कृतिकर्मीका लागि प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।

राष्ट्रिय राजनीतिमा देखिएको स्थिति, सामाजिक र आर्थिक क्षेत्रका समस्या तथा विकृतिलाई चिर्दै जनताको बहुदलीय जनवादको विचारका आधारमा मुलुकको समृद्धिका लागि स्रष्टाहरुले खेल्नुपर्ने भूमिकाका विषयमा भेला र प्रशिक्षण सुरु भएको हो । कार्यक्रमको भर्चुअलरूपमा थालनी गर्दै नेकपा (एमाले)का सचिव एवं पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीभित्रका असन्तुष्ट पक्षलाई एकताबद्ध बनाइराख्न भरमग्दुर प्रयत्न गरिएको तर केही नेता विपक्षी मोर्चामै लीन हुन चाहेकाले समस्या पैदा भएको बताउनुभयो ।

सर्वाेच्च अदालतबाट गत असार २८ गते भएको फैसला बहुदलीय व्यवस्थाको मान्यतानुकूल नभएको जिकिर गर्दै उहाँले पार्टीमा देखा परेका गम्भीर समस्या र त्यसले उत्पन्न गरेका तरङ्गहरू र आजको विषम परिस्थितिमा स्रष्टा–सर्जकहरूले खबरदारीपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । महासङ्घका अध्यक्ष एवं पार्टीका केन्द्रीय सदस्य खगेन्द्र राईले पार्टीको मार्गदर्शनलाई पालना गर्दै कोभिडको जोखिमलाई ख्याल गरेर चाँडै भौतिकरूपमा बृहत् कार्यकर्ता भेला आयोजना गरिने बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।