अलैँची मासिन थालेपछि किसान चिन्तित

मङ्गलबारे, १ भदौ । खोल्सीको कालो सुनका रुपमा परिचित नगदेबाली अलैँची मासिन थालेपछि किसानहरु चिन्तित भएका छन् ।

छिर्के, फुर्के र जुरजुरे रोगका कारण अलैँची मासिन थालेपछि किसानहरु चिन्तित भएका हुन् । मकैबारी मासेर अलैँची लगाएका किसान बाली नै मासिन थालेपछि समस्यामा परेका छन् । विभिन्न रोगका कारण मासिएर पुनः बचेको अलैँची अर्को पटक फेरि जोखिममा परेको किसानको भनाइ छ । डढुवा रोग लागेर हरियो बगान सुक्न थालेको देउमाई नगरपालिकाका घनश्याम खतिवडाको भनाइ छ । जुरजुरे रोगका कारण मासिएर शून्य जस्तै भएको अलैँची पुनः जाग्दै गएको भए पनि हाल पुनः मर्न थालेको किसान खतिवडाको भनाइ छ ।

रोगका कारण एकपटक मासिएको अलँैची बाली पुनः जोखिममा परेको छ । छिर्के, फुर्के जस्ता रोगका कारण बालीमा डढुवा लागेझैँ भएको र अलैँची बाली मासिने क्रम बढेपछि किसानले वैकल्पिक बाली लगाउन थालेका छन् । अलैँची मासिने क्रम बढेसँगै मूल्य भने बढ्ने क्रममा छ ।

दुई वर्षअगाडि इलामको देउमाई नगरमा अलैँची बालीका लागि ब्लक कार्यक्रम सञ्चालन भयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना कार्यक्रम सम्पन्न भएपछि अलैँचीको विस्तार भयो तर अहिले भने डढुवा रोग र समयमा बर्सात नहुँदा अलैँची मासिने क्रममा छ । सन्दकपुर गाउँपालिकामा भने अलैँची ब्लक कार्यक्रम सञ्चालनमा रहेको छ ।

सन्दकपुरसँगै रोङ गाउँपालिका र सूर्योदय नगरपालिका क्षेत्रमा समेत अलैँची बाली मासिने क्रममा छ । किसानले अलैँची बाली मासिन थालेपछि वैकल्पिक नगदेबाली लगाउन थालेका छन् । अलैँची उत्पादन घट्दै गएपछि मूल्य भने प्रतिमन ३० हजारभन्दा माथिसम्म पुगेको छ । हाल किसानले मासिएको अलैँची बारीमा घाँसलगायत अन्य कृषिजन्य वस्तु लगाउन थालेका छन् । अन्य बाली लगाउनु पर्दा किसानमा निराशा छाएको देउमाई कृषि सहकारी सङ्घ मङ्गलबारेका देउकुमार रानाले बताउनुभयो ।

गत वर्ष जिल्लामा पाँच सय ७६ मेट्रिक टन अलैँची उत्पादन भएकामा यो वर्ष उत्पादन र क्षेत्रफल घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । एक हजार ६ सय हेक्टर क्षेत्रफलमा अलैँची लगाइएको भए पनि ढुसीजन्य रोग, डढुवा र प्रतिकूल मौसमका कारण अलैँची बगान मासिँदै गएको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖