शीर्ष नेताबीच झण्डै पौने एक घण्टा उहाँहरु भेटवार्ता

काठमाडौँ, ३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान झण्डै पौने एक घण्टा उहाँहरु बीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटका क्रममा मुलुकको समसामयिक राजनीति र मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको बताइएको छ ।

सरकारले अस्ति मङ्गलबार राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै नेकपा (एमाले) विभाजन भएर नयाँ दल दर्ता भएपछि तीन शीर्ष नेताबीच आज भेटवार्ता भएको हो ।

यो पनि पढ्नुहोस..

ललितपुर,नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाका परिषद् सदस्य डिलबहादुर थोकरमाथि बुधबार दिउँसो भएको दुव्र्यवहारको भत्र्सना गरिएको छ ।

शाखाका सचिव रामहरि कार्कीले जारी गर्नुभएको विज्ञप्तिमा समाचार सङ्कलनका क्रममा काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाको कार्यालय पुग्नुभएका थोकर फर्किने क्रममा कार्यालय नजिकै बसेको अज्ञात समूहले दुव्र्यवहार गरेको उल्लेख गरिएको छ ।

‘बोलपत्र आह्वान फाराम हामीलाई नसोधी किन लिएको’ भन्दै उहाँमाथि अभद्र व्यवहार गर्नाका साथै मोटरसाइकलको साँचोसमेत खोसेर लगेको र पछि पत्रकार भन्ने थाहा पाएपछि फिर्ता गरेकाले दोषीमाथि कानून बमोजिम कारवाहीको माग गरिएको जारी विज्ञिप्तमा उल्लेख गरिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।