रहेनन् पूर्वका माओ तथा साइनिङ पथ आन्दोलनका नेता गोन्जालो

लिमा, २७ भदौ/पेरूको साइनिङ पथ आन्दोलन तथा पूर्वका माओ भनेर चिनिने अबिमाइल गजम्यान गोन्जालको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा पेरुको एउटा अस्पतालमा निधन भएको हो । आ तंकबाद र दे शद्रोह अभियोगमा उनलाई सन् १९९२ मा तत्कालिन सरकारले पक्राउ गरी आजिबन काराबासको सजाँय सुनाएको थियो । यही जुलाईमा स्वाथ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको सुरक्षामा खटिएको प्रहरीको एउटा ठूलो समूह अस्पतालमा तैनाथ गरिएको थियो ।

उनले नेतृत्व गरेको पेरूको माओवादी गुरिल्ला समूह र पेरू सरकारका सेनाबीच भएको एक दशक भन्दा बढी लामो गृह यु द्धमा ७० हजार भन्दा बढी मानिसको मृ त्यु भएको थियो । गोन्जालोको पक्राउपछि वि द्रोही समूहलाई ठूलो क्षति भएको थियो । समूहका सदस्यहरु अहिले पनि पेरुको केही क्षेत्रमा सक्रिय छन् ।

को हुन गोन्जालो ?
विश्व विद्यालयका पूर्वप्राध्यापकसमेत रहेका गोन्जालोले सन् १९६० को दशकमा माओवादी लडाकू समूह गठन गरेका थिए । सन् १९८० को दशकमा गुरिल्ला समूहमा रुपान्तरण भएको सो समूहले पेरू सरकारबिरुद्ध रक्त पात पूर्ण यु द्ध गरेको थियो । दश हजार बढी गुरिल्लाको यु द्धका कारण सन् १९८० को अन्ततिर पेरू सरकारले झन्डै घुडाँ टेकेको थियो । एक दशक लामो युद्धमा ७० हजारको मृ त्यु भएको थियो । सन् १९९२ मा त्यहाँको एक सैन्य अदालतले गोन्जालो र उनका सहयोगी एलिना इपारागुरीलाई पक्राउ गरी आजिवन काराबासको सजाँय सुनाएको थियो । उनको पक्राउसँगै पेरुको माओवादी आन्दोलन पनि तितरबितर बनेको थियो । अहिले कोकिन उत्पादन हुने क्षेत्रमा केही विद्रोहीले आफ्ना गतिविधि बढाए पनि ल डाकु समूह पूर्णरुपमा कमजोर बनेको छ ।

माओवादबाट उत्प्रेरित गुरिल्ला समूहले जनयु द्धमार्फत पेरुको ‘बुर्जुवा प्रजातन्त्र’ समाप्त गरी कम्युनिस्ट राज्य स्थापनाको प्रयास गरेको थियो । साइनिङ पथले सुरुमा निःश स्त्र आन्दोलन सुरु गरेको थियो ।

पाशविक द्ध न्द्ध सुरु
१२ वर्षदेखि शासन गरेको पेरूको सेनाले सन् १९८० मा प्रजातान्त्रिक निर्वाचन गर्न अनुमति दिएपछि ‘टर्निङ पोइन्ट’ आएको थियो । साइनिङ पाथले निर्वाचन बहिस्कार मात्र गरेन् कतिपय क्षेत्रमा विथोल्ने प्रयास ग¥यो । कम्युनिष्ट राज्य स्थापना गर्नु सो समूहको उदेश्य थियो । तसर्थ, उसले प्रजातान्त्रिक निर्वाचप्रति खासै चासो देखाएन । बरु पेरुका ग्रामिण क्षेत्रलाई कब्जा गरी आफ्नो शासन चलायो र आफ्ना बिरोधीको ह त्या गर्न थाल्यो । शृंखलाबद्ध बि स्फोट र ह त्या का घटनाले सन् १९८० को दशकमा सरकार यो समूहसँग झन्डै घुडाँ टेकेको थियो । तर, १९९२ गोन्जालोको पक्राउपछि समूह कमजोर बनेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।