ह त्या अ’भियोगमा ४ जना पक्राउ

झापा, असोज ६ । झापा गाँउपालिका-१ माईती घर भई भारत किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने ५५ बर्षीया डोली भन्ने धोन्नी टुडुको ह त्या अभियोगमा ४ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायतका २३ बर्षीय ऐतवार सोरेन, झापा गाँउपालिका-१ का ३७ बर्षीय लखन टुडु सतार , ५६ बर्षीय सिरी साईला भन्ने सोमाई हेमरम सतार र २७ बर्षीय श्री हेमरम सतार रहेका छन ।

२०७८ साल भदौ २५ गते तत्काल नामथर वतन नखुलेको अवस्थामा झापा झापा गाँउपालिका-१ स्थित सानो माईखोलामा महिलाको अर्ध शरीर भएको टाँउको, घाटी,पेट (कम्मर भन्दा माथीको भाग) तथा घुडा भन्दा मुनीको भाग नभएको अवस्थामा ला स फेला परेको जनाकारीसंगै तत्काल जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट प्रहरी टोली खटि गई घटनास्थल मुचुल्का तथा कानुनी कारबाही अगाडी बढाएको थियो ।

प्रहरीले अनुसन्धान तथा महिलाको अर्ध शरीरको लाश फेला परेको सम्बन्धमा स्थानीय सहित उनको पहिचान गराउने क्रममा अर्ध शरीरको लाश ५५ बर्षीया डोली भन्ने धोन्नी टुडुको रहेको खुलेको थियो । लाशको पहिचान खुलेसंगै थप अनुसन्धानमा जुटेको प्रहरीले उनको ह त्या गरेको पुष्ठी गरेसंगै उनको हत्यामा संलग्न रहेका उल्लेखित चारै जनालाई असोज १ गते पक्राउ गरी आज जिल्ला प्रहरी कार्यालय झापाबाट पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको हो ।

पक्राउ परेकाहरु मृ तक धोन्नीको आफन्तहरु रहेको र जग्गाको बिषयमा उनिहरु बिच बिबाद हुदै आएकोमा भदौ २५ गते यी चारै जना मिलेर धोन्नी टुडुलाई माईखोला किनारमा लगी शरीरको बिभिन्न भागमा काटी टुक्रा-टुक्रा पारेर खोलामा फालेको भन्ने अनुसन्धानका क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेका चारै जना उपर कर्तब्य ज्यान मुद्धामा कानुनी कारबाही अगाडी बढाई घटना सम्बन्धमा थप अनुसन्धान समेत भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।