ज्येष्ठ नागरिकहरूमा देखिएको ‘डिजिटल डिभाइड’प्रति विज्ञहरूको चासो

काठमाडौ । ३१औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सन्दर्भ पारेर शुक्रवार काठमाडौँमा आयोजित एक अन्तर्राष्ट्रिय गोष्ठीका सहभागी विज्ञहरूले वर्तमान समयमा ज्येष्ठ नागरिकहरूका लागि डिजिटल प्रविधि वरदान सावित हुँदै गएको भए पनि यसमा देखिएको असमान पहुँच भने चिन्ताको विषय भएको औँल्याएका छन् ।

नेपाल, भारत तथा बंगलादेशस्थित विभिन्न संस्थाहरूसँगको सहकार्यमा नेपाल सहभागीमूलक कार्य समूह (नेपान) को अगुवाइमा सम्पन्न उक्त भर्चुअल गोष्ठीको मुख्य विषय ‘सबै उमेर–समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानताको सवाल’ रहेको थियो । हरेक वर्षको अक्टोबर १ तारिखका दिन विश्वभर ज्येष्ठ नागरिक दिवस मनाउने चलन रहिआएको र सोका लागि संयुक्त राष्ट्रसंघले विशेष नारासमेत तय गर्ने परम्पराअनुसार यस वर्षको नारा पनि ‘सबै उमेर–समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ (डिजिटल इक्वालिटी फर अल एजेज) भन्ने तोकिएको थियो । सोहीबमोजिम आयोजकहरूबाट उक्त ‘थिम’लाई नै आधार बनाई छलफल कार्यक्रम चलाइएको थियो । करिब ४० जना सहभागी रहेको उक्त कार्यक्रमको अध्यक्षता नेपानका अध्यक्ष तथा सूचना–प्रविधि विज्ञ डा. अनोज क्षेत्रीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन मनोविद् डा. नरेन्दसिंह्र ठगुन्नाले गर्नुभएको थियो ।

नेपालका तर्फबाट जनस्वास्थ्यविज्ञ महेश शर्माले विशेष कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने तोया गौतम, छिङ्गलमु शेर्पा, छत्र प्रधान तथा राजेश जोशीले आआफ्ना अनुभव बाँड्नुभएको थियो । त्यसैगरी भारतका तर्फबाट विभिन्न विश्वविद्यालयसँग आबद्ध प्राध्यापकहरू क्रमशः डा. अनुभूति दुबे, डा. आराधना शुक्ला, डा. पञ्च रामलिङ्गम, डा. रोशन लालले मूल कार्यपत्रमाथि टिप्पणी गर्दै आआफ्ना विचार राख्नुभएको थियो । गोष्ठीमा बङ्गलादेशबाट प्रतिनिधित्व गर्ने सहप्राध्यापक डा. शाहीनूर रहमानले आफ्ना अनुभव प्रस्तुत गर्नुभएको थियो । समग्र गोष्ठीको सारसंक्षेप भने नेपालकी हेरिना जोशीले गर्नुभयो ।

विश्वभर नै ज्येष्ठ नागरिकको संख्या दिनप्रतिदिन बढिरहेको, ज्येष्ठ नागरिकको सुरक्षित, स्वस्थ र सम्मानित जीवनका लागि हरेक देशले कानुन, नीति, रणनीति तथा कार्ययोजनाका दस्तावेजहरू बनाएको भए पनि तिनको कार्यान्वयन अपेक्षित मात्रामा हुन नसकेको; ज्येष्ठ नागरिकहरूले अनेक खालका विपद् तथा कोरोनाजस्ता वैश्विक महामारीबाट अन्य उमेरसमूहका व्यक्तिहरू भन्दा बढी प्रताडित हुनु परेको, महामारीका बेला डिजिटल प्रविधिको उच्चतम प्रयोग भएको तर तिनका कारण ज्येष्ठ नागरिकहरूले झन् एक्लो महसुस गर्न बाध्य भएको कुरा पनि विज्ञहरूले उठाउनु भयो । साथै, धनी राष्ट्रहरूको तुलनामा गरिब राष्ट्रहरूमा प्रविधि प्रयोगका लागि चाहिने उपकरण महँगो हुनु, सबै ठाउँमा उपलब्ध नहुनु, निरक्षरताका कारण डिजिटल प्रविधि प्रयोग गर्न र अभ्यस्त हुन कठिन हुनु, विभिन्न उमेर समूह र फरक–फरक क्षमता भएका व्यक्तिहरूका लागि प्रयोगमैत्री ‘डिभाइस’ उपलब्ध नहुनु आदिजस्ता तमाम चुनौतीहरू रहेको कुरा पनि विज्ञहरूले आँैल्याउनुभएको छ ।

प्रविधि प्रयोगको व्यापकता र ज्येष्ठ नागरिकको सहजता अभिवृद्धिका लागि विभिन्न तहका सरकार, गैरसरकारी क्षेत्र, निजी क्षेत्र तथा नागरिक समाजले पनि समन्वयात्मक ढंगबाट कार्य गर्नुपर्ने र दुर्गम क्षेत्रमा बसोबास गर्ने, विपन्न परिवारका व्यक्ति, महिला, अपाङ्गता भएका एवम् निसहाय तथा निरक्षर ज्येष्ठ नागरिकहरूलाई विशेष केन्द्रित गरी साक्षरता तथा जनसचेतना अभियान, प्रविधि हस्तान्तरण तालिम, उपकरण अनुदान तथा सहुलियतमा इन्टरनेट प्रदानजस्ता विविध सेवा पु¥याउन ढिला गर्न नहुने निष्कर्ष पनि गोष्ठीले निकालेको छ । पछिल्लो समयमा ज्येष्ठ नागरिकहरूमा एकाकीपन, मानसिक समस्या, अल्जाइमर तथा डिमेन्सिया, उदासीनता आदिजस्ता विविध समस्याहरू बढदै गएको सन्दर्भमा स्थानीय सरकारले अझ बढी चनाखो भई उपयुक्त नीति तथा कार्यक्रम ल्याउनुपर्ने कुरा पनि विज्ञहरूले औँल्याए ।

कार्यक्रममा रमेशकुमार सिंह (थाइल्याण्ड), चेतनाथ कणेल, डा. झविन्द्र भण्डारी, डा. विष्णुराज उप्रेती, डा. यमुना घले, दलबहादुर जिसी, शान्ति थापा, कर्ण नेपाली, डा. गिरीराज पन्थी, डा. उषाकिरण सुब्बा, प्रकाश गौतम, गोपाल तामाङ्ग, सुनील यादव, सिर्जना घिसिङ, जीवन मल्ल, लुमिना सिंह, विन्दु आचार्य, चन्द्र सर्तुङ्गे मगर, जानकी धामी, वीरेन्द्र रायलगायतका विकासविज्ञ तथा ज्येष्ठ नागरिक अभियन्ताहरूको सहभागिता थियो ।

‘गोष्ठीका निष्कर्ष तथा उपलब्धिहरूलाई आउँदा दिनमा अझ समन्वयात्मक तथा प्रभावकारी ढंगले अनुसन्धान, तालिम, प्रकाशन, जनवकालत, सञ्जालीकरण था विशिष्टीकरण गर्दै लगिने कुरा मूल आयोजक संस्था नेपानका अध्यक्ष डा. अनोज क्षेत्रीले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।