पानी नपर्दै मेची राजमार्गमा पहिरो

इलाम । शुक्रबार दिउँसो र राती इलाम सदरमुकाम क्षेत्रमा वर्षा भएन । दुई सातादेखिनै इलाममावर्षा कम भएको छ । खासै वर्षा नभए पनि मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका-८ मा राजमार्ग तलबाट भत्किएको छ ।

शनिबार राजमार्ग भत्किएपछि अवरुद्ध बनेको थियो । राजमार्ग भएर गुड्ने सवारी साधन बजार क्षेत्रको बाटो भएर गन्तव्यतर्फ पठाइएको छ ।

भत्किएको मेची राजमार्ग भन्दा माथिबाट धोविधारा, नारायणस्थान हुँदै इलाम बजार छिर्ने बाटो छ । तर, त्यो बाटो पनि पहिरोको जोखिममा छ ।

नाराणस्थान खोल्सिले सडको तल्लो भाग कटान गरिरहेको छ । त्यसकै तलपर्ने मेची राजमार्ग भत्किएको हो । राजमार्ग हुँदै गुड्ने सवारी साधन नारायणस्थान हुँदै गुड्न थालेपछि सो सडकसमेत भत्किने जोखिम बढेको छ ।

सडकको तल्लोपट्टी अग्लो भीर रहेकाले तत्काल डाइभर्सन बनाउन सम्भव नभएको सडक डिभिजन कार्यालय इलामका प्रमुख अविमन दास मुल्मीले बताए । ‘सडकमा ठूलो क्षति भएको हुँदा तत्काल मर्मत गरेर राजमार्ग सञ्चालन हुने सम्भावना छैन । जतिसक्दो चाँडो मर्मत गर्न तत्काल निर्णयगरी विभागमा पठाउँछौं’, मुल्मिले भने ।

राजमार्गको माथिको भाग पनि खोल्सिको पानीले कटान गरिरहेकाले त्यस क्षेत्रका दर्जनौं घर जोखिममा पारेका छन् । पहिरोका कारण नारायणस्थान मन्दिरछेउसम्म नै जोखिम बढेको छ ।

बजार पस्ने बाटो साँघुरो भएकाले बजारमा जाम हुन थालेको छ । यसअघि पनि बजार क्षेत्रमा बिहान र बेलुका मात्रै मालबाहेक सवारीलाई प्रवेश दिइन्थ्यो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।