आँखाका बिरामीलाई अस्पताल पठाउन धामी-झाँक्रीलाई तालिम

खोटाङ, १८ असोज । खोटाङमा आँखाका बिरामीलाई स्वास्थ्य संस्थासम्म जाने वातावरण निर्माणका लागि धामी-झाँक्रीलाई तालिम दिइएको छ । झारफुक गर्न धामी-झाँक्रीकहाँ पुग्ने आँखाका बिरामीलाई स्वास्थ्य संस्थासम्म पुग्ने/पुर्‍याउने वातावरण निर्माणका लागि नेपाल नेत्र ज्योति संघ खोटाङको समन्वयमा सगरमाथा चौधरी आँखा अस्पताल लहानले दिक्तेल र हलेसीमा एक दिने परम्परागत हिलर्स ट्रेनिङ आयोजना गरेको हो ।

झारफुक गर्न आएका आँखाका समस्या भएका बिरामीलाई स्वास्थ्य संस्था वा विशेषज्ञ डाक्टरकहाँ गएर उपचार गराउनका लागि आग्रह गर्न/गराउनका लागि तालिमको आयोजना गरिएको नेपाल नेत्र ज्योति संघका अध्यक्ष इन्द्र कसजूले बताए ।

आँखा उचार केन्द्र दिक्तेलमा आयोजना गरिएको परम्परागत हिलर्स ट्रेनिङमा २८ जना र हलेसीमा आयोजना गरिएको परम्परागत हिलर्स ट्रेनिङमा ३५ जना धामी-झाँक्रीलाई सहभागी गराइएको आयोजकले जनाएको छ ।

दिक्तेलमा आयोजित तालिममा सहभागी धामी-झाँक्रीलाई आँखा उपचार केन्द्र दिक्तेलका प्रमुख हरिहर श्रेष्ठले सहजीकरण गरेका थिए । ‘गाउँघरमा अझै पनि धामी झाँक्रीकै विश्वास गरिन्छ । गाउँघरमा विरामीको पहिलो सम्पर्क व्यक्ति धामी-झाँक्री नै हो,’ अध्यक्ष कसजूले भने, ‘आँखाका समस्या भएका बिरामीलाई झारफुक मात्र नभएर स्वास्थ्य संस्थामा पठाइदिनका लागि धामी-झाँक्रीलाई तालिम दिइएको हो ।

बिरामीलाई सुरुमै अस्पताल आउने वातावरण बनाउन धामीलाई सहयोगीका रूपमा तालिम दिइएको नेत्र ज्योति संघका अध्यक्ष कसजूले बताए । कतिपय आँखाका बिरामी अस्पतालसम्म नआइपुग्ने र आँखाको ज्योति गुमाउने गरेका कारण त्यस्ता बिरामीलाई अस्पतालसम्म ल्याउन धामीलाई उपयोग गर्ने उपाय अपनाइएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖