फिजियोलोजी र मेडिसिनतर्फको नोबेल पुरस्कार डेबिड र आर्डमलाई

एजेन्सी/२०२१ को फिजियोलोजी र मेडिसिनतर्फको नोबेल पुरस्कार डेबिड जुलियस र आर्डम पाटापौटियनले प्राप्त गर्ने भएका छन् ।

डेबिड र आर्डमले तापमान र स्पर्शबारे गरेको रिसेप्टर्सको खोजलाई यस पटकको नोबेल पुरस्कारले सम्मान गर्ने भएको हो । प्रकाश, तापक्रम तथा बाह्य उत्तेजनाको प्रतिक्रिया जनाउँदै प्राप्त सिग्नललाई संवेदी प्रणालीमा प्रसारण गर्न मद्धत पुर्‍याउने आर्गनबारे खोज गरेका छन् ।

संयुक्त राज्य अमेरिकाका यी वैज्ञानिकको अनुसन्धानले मानव शरीरले स्नायुको माध्यमबाट ताप, चिसो तथा स्पर्शलाई कसरी ग्रहण गर्छन् भन्ने खोज देखाएको छ ।

गर्मी र जाडो दुवै मौसममा मानव शरीरको स्पर्श क्षमता जीवित रहन आवश्यक हुन्छ । यो कुरालाई मानिसले सामान्य रुपमा लिने गरेको पाइन्छ । तर हाम्रो स्नायु तन्त्रिकालाई कसरी सक्रिय बनाउने भन्ने तरिका डेबिड र आर्डमले पत्ता लगाएका छन् ।

यस खोजले फिजियोलोजी तथा विभिन्न किसिमका रोगहरुको अनुसन्धानमा मद्दत पुग्ने विश्वास गरिएको छ ।

यस वर्षको नोबेल शान्ति पुरस्कार नर्वेजियन नोबेल कमिटीले आठ अक्टोबरमा घोषणा गर्दैछ भने अवार्ड वितरण १० डिसेम्बरमा हुँदैछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।