इलाममा बन्यो सिटीमार्ट

इलाम, २१ असोज ।इलाम नगरपालिकाले सार्वजानिक निजी साझेदारीको ऐन बनाएपछि नगरपालिका र निजी क्षेत्रको लगानीमा इलाममा व्यावसायिक भवन इलाम सिटीमार्ट निर्माण भएको छ । सिटीमार्टको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र उपप्रमुख सुशीला नेम्वाङले बिहीबार संयुक्त रूपमा उद्घाटना गरेका छन् ।

निजी क्षेत्रको तीन करोड आठ लाख ९१ हजार चार सय ४० रुपैयाँ, इलाम नगरपालिकाको आठ करोड ३५ लाख ९२ हजार छ सय ५० रुपैयाँ र प्रदेश सरकारको सशर्त अनुदानको ४० लाख रुपैयाँ गरी १२ करोड १९ लाख ५४ हजार दुई सय ३७ रुपैयाँको लागतमा सिटीमार्ट निर्माण भएको हो ।

सात सय ७१ दशमलव २७ वर्गमिटर क्षेत्रफलमा चारतले व्यावसायिक भवन निर्माण भएको छ । भवनमा पसल सञ्चालनको लागि ९६ वटा सटर बनाइएको छ । भवनमा तीन सय ३० जना क्षमताको एउटा पार्टी प्यालेस र एक सय २० क्षमताको एउटा रेस्टुरेन्टसमेत बनाइएको छ । मुख्य भवनअघि दुईवटा ब्लकमा पाँचवटा सटरसमेत निर्माण गरिएको छ ।

त्यस्तै, छुट्टै मासु पसलसमेत बनाइएको छ । आयोजना अन्तर्गत नै मोटरसाइकल पार्किङ भवनमाथि एउटा रेस्टुुरेन्टसमेत निर्माण गरिएको इलाम नगरपालिकाका इञ्जिनियर दीपक गुरागाईंले जानकारी दिए । सिटीमार्टमा दुईवटा लिफ्टसमेत जडान गरिएको छ ।

भवनको माथिल्लो तलामा बनाइएको रेस्टुरेन्ट, पार्टी प्यालेस ७६ वटा पसल भाडामा लागिसकेको छ । त्यसबाट मासिक ६ लाख ७४ हजार तीन सय २९ रुपैयाँ मासिक भाडा संकलन हुन थालेको छ ।

दोस्रो तलामा रहेका २० वटा सटर भाडा लाग्न बाँकी रहेको नगरपालिकाले जनाएको छ । अहिले भइरहेको आम्दानीले सिटीमार्ट र अन्य सटरहरूमा गरिएको लगानी बराबरको रकम फिर्ता हुन २० वर्ष लाग्छ । नगरपालिकाले मात्रै गरेको लगानी भने दश वर्षभित्रमा फिर्ता हुन्छ । तर, २० वटा सटर भाडामा लाग्दा त्योभन्दा पहिले नै लगानी फिर्ता भइसक्ने इञ्जिनियर गुुरागाईंले बताए ।

इलाम नगरपालिकाको आह्वान बमोजिम व्यवसायीहरूले एक लाख ५० हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्म लगानी साझेदारी गरेका छन् । लगानी साझेदारी गरेका व्यवसायीहरूले चार हजार पाँच सय रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म मासिक भाडा तिर्ने कबुल गरेका छन् ।

सिटीमार्टमा लगानी गरेका कतिपयले लगानी फिर्तासमेत माग गरेका छन् । लगानी फिर्ता गर्न चाहेका व्यवसायीले गरेको कोठा भाडा मागिसकेको छैन । भाडा नलागेका सटरहरूलाई भाडामा लगाउन नगरपालिकाले प्रक्रिया सुुरु गरिसकेको छ । नगरपालिकाको सटरमा व्यवसाय गर्नेलाई निषेधाज्ञा र लकडाउनको अवधिको भाडामा ४० प्रतिशत मिनाह गर्ने भएको छ ।

इलाम नगरपालिका प्रमुख महेश बस्नेतले इलाममा लगानी प्रवद्र्धन गर्ने नीतिअनुसार सार्वजानिक निजी साझेदारीमा सिटीमार्ट निर्माण भएको बताए । ‘हामीले सार्वजनिक निजी साझेदारीको ऐन नै बनाएर काम थालेका हौ’, उनले भने, ‘संघमा पनि सार्वजनिक निजी साझेदारीको नीति मात्र छ, कानुन बनेको छैन । हामीले लगानीलाई कानुनी रूपमा संरक्षित गर्नुपर्छ भनेर ऐन बनाएका हौँ ।’ प्रमुख बस्नेतले सार्वजनिक निजी साझेदारी कानुन बनाउने इलाम पहिलो नगरपालिका भएको दावी गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।