गाउँपालिकाले बनायो प्रहरीचौकी भवन

ताप्लेजुङ, २२ असोज । मेरिङ्देन गाउँपालिकाले आफ्र्न लगानीमा प्रहरीचौकी भवन निर्माण गरेको छ । पालिका केन्द्र रहेको मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राको सुर्माटारमा १७ लाख रुपैयाँ लगानीबाट प्रहरीचौकी भवन निर्माण भएको हो ।

भवनको विहीबार उद्घाटन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेले बताए । यो भवन स्थानीय उपभोक्ता समितिमार्फत निर्माण गरिएको हो । भवनको उद्घाटन गाउँपालिका अध्यक्ष गणेशबहादुर चोङ्बाङ लिम्बू, उपाध्यक्ष कल्पना तुम्बाहाम्फेलगायतको उपस्थितिमा भएको हो । भवन उद्घाटनसँगै भवनबाट प्रहरीचौकी कार्यालय सञ्चालनमा आएको छ । नवनिर्मित भवनमा प्रहरीचौकी कार्यालय, हिरासत कक्ष, स्नान तथा शौचालयसमेत निर्माण रहेको प्रमुख प्रशासकीय अधिकृत आङ्देम्बेले बताए ।

प्रहरीचौकी कार्यालय सन्चालनका लागि आवश्यक फर्निचर, लत्ताकपडासहितका सबै सामग्री व्यवस्थापनमा गाउँपालिकाले सहयोग गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सान्थाक्रामा स्थापित प्रहरीचौकीमा प्रहरी सहायक निरीक्षक (असई) को नेतृत्व रहने छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।