पाकिस्तानमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या एक हजारभन्दा कम

इस्लामाबाद, २२ असोज । पाकिस्तानमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या एक हजारभन्दा कम भएको शुक्रबार जनाइएको छ ।

कोरोनाका दैनिक सङ्क्रमित एक हजारभन्दा कम भएको तीन महिनाभन्दा बढी समययता यो पहिलो पटक हो।

यहाँ बिहीबार थप ९१२ जनामा कोरोना सङ्क्रमण देखिएको सरकारी स्रोतले जानकारी दिएको छ । पाकिस्तानमा गत जुलाई ५ मा ८३० जनामा कोरोना सङ्क्रमण देखिएको थियो । पाकिस्तानमा हालसम्म १२ लाख ५६ हजार २३३ जनालाई कोरोना सङ्क्रण भइसकेको छ।

कूल सङ्क्रमितमध्ये ११ लाख ८४ हजार ५२७ जना निको भएका छन् । हाल यहाँ ४३ हजार ६४८ जना सक्रिय सङ्क्रमित रहेका र तीमध्ये दुई हजार ७६१ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

कोरोना सङ्क्रमणको कारण बिहीबार पाकिस्तानमा २६ जनाको मृत्यु भएको थियो । यसैसँगै यहाँ कोरानाबाट २८ हजार ५८ व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ ।

पाकिस्तानको दक्षिण प्रान्त सिन्ध कोरोनाबाट अत्यन्त प्रभावित हो । यहाँ अहिलेसम्म चार लाख ६२ हजार १५५ व्यक्ति कोरोना प्रभावित भएका छन् ।

यसपछि दोस्रो प्रभावित राज्यका रुपमा पञ्जाव प्रान्त रहेको छ । यहाँ चार लाख ३५ हजार चार जनालाई कोरोना सङ्क्रमण भएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖